News Portal

  • नेपाली सहयोगी हातहरु, मकाउद्वारा दोस्रो चरणको रक्तदान कार्यक्रम सम्पन्न

    पाँचौ रक्तदाता पुष्कर दुलाल, दशौ रक्तदाता डम्बर बहादुर गुरुङलाई ब्लड बैंकको उपहार

    हिमाली संचार संवाददाता
    ५६७ पटक

    मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले पहिलो चरण अन्तर्गतको रक्तदान कार्यक्रम जुलाई ११ तारिख, आज दोस्रो चरण अन्तर्गतको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मकाउमा एक दिनमा २० जना भन्दा धेरै रक्तदाताहरुले रक्तदान दिन नमिल्ने हुदा दुई चरणको कार्यक्रम राखिएको हो ।

    मकाउमा नेपाली समुदायले रक्तदान जस्तो पुण्य, पवित्र र जीवनदान जस्तो महत्वपूर्ण कार्यक्रममा पाँचौ पटक रक्तदान दिनु हुने पुष्कर दुलाल र दशौ पटक रक्तदान दिनु हुने डम्बर बहादुर गुरुङलाई अध्यक्ष थापा मगरले विशेष धन्यवाद दिएका छन्, भने ब्लड बैक मकाउले समेत ब्लड डोनर पुष्कर दुलाल र डम्बर बहादुर गुरुङलाई उच्च सम्मान गर्दै बिशेष उपहार प्रदान गरेको छ । 

    रक्तदान कार्यक्रममा सहभागी अन्य रक्तदाताहरुलाई समेत अध्यक्ष थापा मगरले विशेष धन्यवाद व्याक्त गरेका छन् ।  यसरी मकाउमा नेपाली समुदायको सामाजिक कार्यमा उल्लेखित सहभागिता रहेको देख्दा अध्यक्ष थापा मगरले खुशी व्याक्त गरेका हुन् । 

    नेपाली सहयोगी हातहरु, मकाउले गठन भएको छोटो समयमा मकाउमा रहेका नेपाली समुदाय र स्थानीय मकाउका विभिन्न तह सम्म आफ्नो परिचय दिनका लागि नेपाली सहयोगी हातहरु, मकाउले आफ्नो उदेश्य रहेको पनि अध्यक्ष थापा मगरले जानकारी दिएका छन् । हाल यो संस्थाले बृहत् रुपमा आफ्नो सदस्यता विस्तार गरिरहेको छ ।

     संस्थाले स्थापना गरेको छोटो समयमा खेलकूद आयोजना समेत गरेको थियो । गत में ३१ मा बुद्धिचाल र व्याटमिनटन खेल आयोजना समेत सम्पन्न गरेको थियो । मकाउमा नेपालका धेरै राष्ट्रीय स्तरका खेलाडीहरु रहेका छन् । निकट भविष्यमा अन्य खेलकूद लगायदका विभिन्न कार्यक्रम समेत आयोजना गर्ने उदेश्य रहेको समेत अध्यक्ष थापा मगरले जानकारी दिएका छन् । 

    रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरुलाई आगामी जुलाई २६ तारिख प्रमाणपत्र, मेडल र सहभागी सम्पूर्णलाई धन्यवाद स्वरुप नेपाली सहयोगी हातहरु, मकाउको लोगों सहितको टि-कप दिने कार्यक्रम रहेको समेत संस्थाका निर्देशक उदय वाग्लेले जानकारी दिएका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...