News Portal

कराते प्रशिक्षकमाथी प्रहरी प्रमुखले गरे हातपात

हिमाली संचार संवाददाता
४६२ पटक

२०७७ साउन ३, शनिबार
धादिङ – धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले एक खेलाडीमाथि हातपात गरेका छन्। शुक्रबार बिहान अन्दाजी ६ः३० बजेको समयमा जिल्ला खेलकुद विकास समिति धादिङको स्वामित्वमा रहेको सदरमुकाम नीलकण्ठ क्याम्पस नजिकैको कभर्डहलमा खेलाडीहरुलाई कराते प्रशिक्षण गराइरहेका राष्ट्रिय खेलकुद परिषद अन्तरगत धादिङ जिल्लाका कराते प्रशिक्षक भिम बहादुर गुरुङमाथि अभद्र व्यवहारका साथै हातपात गरेको भन्दै धादिङ जिल्ला खेलकुद विकास समितिले प्रेस विज्ञप्ति निकालेको छ।

कभर्ड हल स्थापना भएदेखि नै नियमित रुपमा बिहान ५ देखि ७ बजेसम्म र साझँ ५ देखि ७ बजेसम्म तेक्वान्दो प्रशिक्षण सञ्चालन हुदै आएको उक्त कभर्ड हलमा शुक्रबार बिहान अन्दाजी ६ः३० बजेतिर ब्याडमिन्टन खेल्न पुगेका एसपि रेग्मीले प्रशिक्षण गरारहेका प्रशिक्षक गुरुङलाई हल खाली गर्, बाहिर निस्की भन्दै गाली गलौज गरेको र ७ बजेसम्मको समय हाम्रो हो त्यसपछि तपाईँहरु खेल्नुहोला भन्दा ब्याडमिन्टन र्याकेटले हान्नुका साथै छातिमा मुक्का प्रहार गरेको कुरा धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा उक्त घटनाको घोर भत्र्सना गर्दै जिल्लाकै शान्ति सुरक्षाको नेतृत्वकर्ताबाट गुण्डागर्दी शैलीमा यस्तो खालको गतिविधि हुनु दुःखद रहेको उल्लेख गर्दै घटनाको दोषीलाई आवश्यक कारबाहीको माग गरिएको छ।

के भन्छन् प्रहरी प्रमुख रेग्मी !

म ब्याडमिन्टन खेल्न गएको हो। उहाँहरु २ जनामात्र हुनुहुदो रहेछ। २ वटा कोर्ट भएकाले अर्को कोर्टमा गएर खेल्नुस् भन्दा उहाँहरुले सात बजेसम्म हाम्रो समय हो भन्नुभयो।

मैले अलि झर्केर बोले। त्यसपछि हामी खेलिरहेको समयमा उहाँले भिडियो र फोटो खिच्न थाल्नुभयो। कसैको अनुमति बिना फोटो भिडियो खिच्न पाइदैन भनेर मैले अलिकति छोएको मात्रै हो।

के भन्छन् पीडित प्रशिक्षक भिम बहादुर गुरुङ !

हामी ट्रेनिङ गरिरहेको बेलामा ६ः३० बजेतिर आएर उहाँले दबङ शैलीमा ओइ उता जा भन्ने बल प्रयोग गर्ने गर्नुभयो। मैले एससि साप भन्ने चिनेको थिइन।

मैले बिहान ५ देखि ७ बजे हाम्रो समय हो भन्दा मलाई विभिन्न कुरा भन्दै हपार्नुभयो। पछि मैले फोटो खिचेपछि उहाँको गार्डले आएर डिलेट गर्नुस् भन्नुभयो मैले डिलेट गरे।

पछि एक्कासी आएर तँ को हो ? भन्दै १ मुक्का छातीमा हान्दै म यो कुरालाई गम्भीर लिन्छु भने। उहाँ पहुच भएको मान्छे मेरो ज्यानको पनि असुरक्षा हुने भयो।

धादिङ जिल्ला खेलकुद विकास समितिको प्रेस विज्ञप्ति:

प्रतिकृया दिनुहोस्

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...