News Portal

कराते प्रशिक्षकमाथी प्रहरी प्रमुखले गरे हातपात

हिमाली संचार संवाददाता
५०५ पटक

२०७७ साउन ३, शनिबार
धादिङ – धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले एक खेलाडीमाथि हातपात गरेका छन्। शुक्रबार बिहान अन्दाजी ६ः३० बजेको समयमा जिल्ला खेलकुद विकास समिति धादिङको स्वामित्वमा रहेको सदरमुकाम नीलकण्ठ क्याम्पस नजिकैको कभर्डहलमा खेलाडीहरुलाई कराते प्रशिक्षण गराइरहेका राष्ट्रिय खेलकुद परिषद अन्तरगत धादिङ जिल्लाका कराते प्रशिक्षक भिम बहादुर गुरुङमाथि अभद्र व्यवहारका साथै हातपात गरेको भन्दै धादिङ जिल्ला खेलकुद विकास समितिले प्रेस विज्ञप्ति निकालेको छ।

कभर्ड हल स्थापना भएदेखि नै नियमित रुपमा बिहान ५ देखि ७ बजेसम्म र साझँ ५ देखि ७ बजेसम्म तेक्वान्दो प्रशिक्षण सञ्चालन हुदै आएको उक्त कभर्ड हलमा शुक्रबार बिहान अन्दाजी ६ः३० बजेतिर ब्याडमिन्टन खेल्न पुगेका एसपि रेग्मीले प्रशिक्षण गरारहेका प्रशिक्षक गुरुङलाई हल खाली गर्, बाहिर निस्की भन्दै गाली गलौज गरेको र ७ बजेसम्मको समय हाम्रो हो त्यसपछि तपाईँहरु खेल्नुहोला भन्दा ब्याडमिन्टन र्याकेटले हान्नुका साथै छातिमा मुक्का प्रहार गरेको कुरा धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा उक्त घटनाको घोर भत्र्सना गर्दै जिल्लाकै शान्ति सुरक्षाको नेतृत्वकर्ताबाट गुण्डागर्दी शैलीमा यस्तो खालको गतिविधि हुनु दुःखद रहेको उल्लेख गर्दै घटनाको दोषीलाई आवश्यक कारबाहीको माग गरिएको छ।

के भन्छन् प्रहरी प्रमुख रेग्मी !

म ब्याडमिन्टन खेल्न गएको हो। उहाँहरु २ जनामात्र हुनुहुदो रहेछ। २ वटा कोर्ट भएकाले अर्को कोर्टमा गएर खेल्नुस् भन्दा उहाँहरुले सात बजेसम्म हाम्रो समय हो भन्नुभयो।

मैले अलि झर्केर बोले। त्यसपछि हामी खेलिरहेको समयमा उहाँले भिडियो र फोटो खिच्न थाल्नुभयो। कसैको अनुमति बिना फोटो भिडियो खिच्न पाइदैन भनेर मैले अलिकति छोएको मात्रै हो।

के भन्छन् पीडित प्रशिक्षक भिम बहादुर गुरुङ !

हामी ट्रेनिङ गरिरहेको बेलामा ६ः३० बजेतिर आएर उहाँले दबङ शैलीमा ओइ उता जा भन्ने बल प्रयोग गर्ने गर्नुभयो। मैले एससि साप भन्ने चिनेको थिइन।

मैले बिहान ५ देखि ७ बजे हाम्रो समय हो भन्दा मलाई विभिन्न कुरा भन्दै हपार्नुभयो। पछि मैले फोटो खिचेपछि उहाँको गार्डले आएर डिलेट गर्नुस् भन्नुभयो मैले डिलेट गरे।

पछि एक्कासी आएर तँ को हो ? भन्दै १ मुक्का छातीमा हान्दै म यो कुरालाई गम्भीर लिन्छु भने। उहाँ पहुच भएको मान्छे मेरो ज्यानको पनि असुरक्षा हुने भयो।

धादिङ जिल्ला खेलकुद विकास समितिको प्रेस विज्ञप्ति:

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...