News Portal

बाबुको मुखहेर्ने अघिल्लो दिन छोराले निर्घात कुटेपछी बाबुको गयो ज्यान

हिमाली संचार संवाददाता
८१३ पटक

लहान – आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्युहुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल मियाँको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।बुवालाई कुटपिट गर्ने मोहम्मद कमाल फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यसैगरी जग्गाको विषयमा विवाद हुँदा सिरहा गोलबजार–३ तेतरीयामा आज आफ्नै बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको छ ।गोलबजार नगरपालिका–३ का लक्ष्मण विश्वकर्माले ३० वर्षीय छोरा सञ्जीव विश्वकर्मा र २४ वर्षीया बुहारी सन्तोषी विश्वकर्मामाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।खुकुरी प्रहारबाट गम्भीर घाइते सञ्जीवको टाउकोमा ३२ टाँका लगाएको छ भने बुहारी सन्तोषीको टाउकोमा गहिरो चोट लागेको छ । विश्वकर्मा दम्पतीको स्थानीय भुमिजा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिनुभयो ।खुकुरी प्रहार गर्ने विश्वकर्मालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...