News Portal

हिमानी कोषद्वारा बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण

हिमाली संचार संवाददाता
५३६ पटक

२०७७ साउन २, शुक्रबार
काठमाडौं – हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढीपहिरोबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ।

पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको कोषले बिहीबार एक कार्यक्रमको आयोजना गरी सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामाग्री वितरण गरेको हो।

कार्यक्रममा हिमानीले राहत सामाग्री सम्बन्धी संस्था र समुदायका प्रतितिनिधलाई हस्तान्तरण गरिन्।

कोषले छाउनीमा रहेको पञ्चकन्या स्कूलका विद्यार्थी, चितवनको चेपाङ्ग बस्ती, काठमाडौँका विभिन्न आश्रयगृहमा रहेका बालबालिकाहरुका लागि खाद्यान्नसहितका सामग्री प्रदान गरेको छ।

कोषले डिस्इन्फेक्सन स्प्रे, पीपीई, वाटर फिल्टर, झुल, जीवनजल, साबुन, बालबालिकाहरुका लागि लिटोसहितका सामग्री वितरण गरेको हो।

कार्यक्रममा हिमानीले मानसिक स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गर्दै कुनै पनि प्रकारको मनोसामाजिक समस्या देखिएमा मनोविमर्शकर्ताको सहयोग लिन नहिचकिचाउन आग्रह गरिन्।

पछिल्लो समय देशभर आत्महत्याका घटनाहरु बढेको सुनिएको भन्दै उनले मनोसामाजिक स्वास्थ्यलाई ख्याल गर्नु पर्नेमा जोड दिइन्।

राहत वितरण कार्यक्रममा पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी शाह, शीतास्मा राज्यलक्ष्मीदेवी शाह, कोषकी सदस्य सचिव रेश्मा राना, बोर्ड सदस्य डा.अपर्ना शाहको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...