News Portal

कर्णाली प्रदेशमा यात्रा नगरेका व्याप्तिमा पनि कोरोना पुष्टि

हिमाली संचार संवाददाता
४९६ पटक
२०७७ साउन १,बिहिबार

काठमाण्डौ । कर्णाली प्रदेशमा यात्रा विवरण नभएका केहि व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु पनि स्वाब संकलन थालिएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार अब नयाँ योजनाका साथ समूदायमा पनि नमूना परीक्षण गरिने बताएका छन्   

त्यस्तै, कर्णाली प्रदेसमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका दुइवटा सहित जुम्ला, दैलेख र चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण  पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेमा सुर्खेतका १ जना, जाजरकोटका २ जना, सल्यानका २, मुगुका १, दैलेखका ५ र रुकुम पश्चिमका १ जना रहेका छन् । यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार ७ सय २६ पुगेको छ । 

कर्णालीमा आज कोरोना संक्रमणबाट निको भई १३ घर फर्किएका छन् । डा. तिवारीको  योसंगै प्रदेशमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या १४ सय ८८ पुगेको जानकारी दिएका छन् ।

हाल कर्णालीमा २ सय ३२ जना संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । संक्रमित मध्य ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...