News Portal

कोरोना संक्रमणबाट हङकङमा बुधवार थप दुई जनाको मृत्यु,

हिमाली संचार संवाददाता
५३१ पटक
२०७७ साउन १, बुधवार

युवा राई, हङकङ । नोवेल कोरोना भाइरसका कारण हङकङमा पछिल्लो समय प्रभावित भए संगै हङकङ सरकारले नियममा कडा गरेको छ । कोभिड-१९ का कारण हङकङमा जेष्ट नागरिक बढी पिरभा भएका छन् । हिजो बुधवार कोभिड-१९ का कारण निधन हुनेमा ९० वर्षीया एक महिला र ८९ वर्षीय एक पुरुष रहेका छन्।

अस्पतालका प्रमुख प्रशासकीय प्रबन्धक डा. लाउ का-हिनका अनुसार महिलाको पामेला यूडे नेदरसोल इस्टर्न अस्पतालमा उपचारको क्रममा बुधवार दिउँसो ४:४५ बजे र पुरुषको युनाइटेड क्रिश्चियन अस्पतालमा उपचारको क्रममा बुधवार साँझ कोरोना संक्रमणबाट हङकङमा बुधवार थप दुई जनाको निधन भएको हो।

हङकङका महिला त्सज वान शानस्थित वृद्ध स्याहार केन्द्रमा बस्दै आएकी थिइन् भने पुरुष न्गाउ ची वानस्थित चोई फाई एस्टेटका बासिन्दा थिए। यसअधि पनि सोमवार त्सज वान शानस्थित वृद्ध स्याहार केन्द्रकी ९५ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट निधन भएको थियो। बुधवार निधन भएका दुईसहित हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...