News Portal

कोरोना संक्रमणबाट हङकङमा बुधवार थप दुई जनाको मृत्यु,

हिमाली संचार संवाददाता
५७३ पटक
२०७७ साउन १, बुधवार

युवा राई, हङकङ । नोवेल कोरोना भाइरसका कारण हङकङमा पछिल्लो समय प्रभावित भए संगै हङकङ सरकारले नियममा कडा गरेको छ । कोभिड-१९ का कारण हङकङमा जेष्ट नागरिक बढी पिरभा भएका छन् । हिजो बुधवार कोभिड-१९ का कारण निधन हुनेमा ९० वर्षीया एक महिला र ८९ वर्षीय एक पुरुष रहेका छन्।

अस्पतालका प्रमुख प्रशासकीय प्रबन्धक डा. लाउ का-हिनका अनुसार महिलाको पामेला यूडे नेदरसोल इस्टर्न अस्पतालमा उपचारको क्रममा बुधवार दिउँसो ४:४५ बजे र पुरुषको युनाइटेड क्रिश्चियन अस्पतालमा उपचारको क्रममा बुधवार साँझ कोरोना संक्रमणबाट हङकङमा बुधवार थप दुई जनाको निधन भएको हो।

हङकङका महिला त्सज वान शानस्थित वृद्ध स्याहार केन्द्रमा बस्दै आएकी थिइन् भने पुरुष न्गाउ ची वानस्थित चोई फाई एस्टेटका बासिन्दा थिए। यसअधि पनि सोमवार त्सज वान शानस्थित वृद्ध स्याहार केन्द्रकी ९५ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट निधन भएको थियो। बुधवार निधन भएका दुईसहित हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...