News Portal

नेपालको इसिहासमै दलित समुदायबाट सचिव

हिमाली संचार संवाददाता
५२२ पटक
२०७७ असार २१, बुधवार

काठमाण्डौ। नेपालको इतिहासमा पहिलोपटक दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद बैठकले सहसचिव डा. विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा हिलोपटक दलित समुदायको सचिवमा डा. विकको नाम लेखिएको छ  । उनले माइक्रो फाइनान्समा पीएचडी गरेका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। विश्वकर्मा दलित समुदायबाट नेपाल सरकारको सचिव हुने पहिलो व्यक्ति हुन्।

पाल्पा साबिकको देउराली गाविसमा जन्मिएका विश्व कर्मा २०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । उनी पछिल्लो समय कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव थिए। केही महिना अधी उनी युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएको थियो। रासस

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...