News Portal

दिपकराज गिरीले राजेश हमालसंग हात जोडेर मागे माफी, उनी झनै विवादित ( भिडियो सहित )

हिमाली संचार संवाददाता
४३० पटक
२०७७ आषाढ ३०,मंगलवार

काठमाडौ । नेपाली फिल्मका महानायक राजेश हमालका विषयमा सामाजिक संजालमा पछिल्लो समय चर्चा परिचर्चा र महानायक विरुद्ध दिपाश्री निरौलाले एक संचार माध्यममा दिएको अभिव्यक्ति प्रति लक्षित गरेर  पछिल्लो केही दिन यता साामाजिक संजाल प्रयोगकर्ताहरुले कलाकार दिपाश्री निरौला र दिपकराज गिरीको अलोचना गरिरहेका छन् ।

एक अन्तर्वार्ताका क्रममा अभिनेत्री निरौलाले राजेश हमाललाई पत्रकारले महानायक बनाइदिएको अभिव्यक्ति दिएपछि उनको बचाउका लागि आएका दिपक राज गिरीको सामाजिक संजालको स्टाटस् पश्चात दिपकराज गिरी पनि सामाजिक संजाल प्रयोगकर्ताको तारो बनेका हुन् । 

दिपाश्री निरौलाको ट्रोलको शिकार बनेपछि दिपाश्रीले सामाजिक सञ्जालमार्फत नै माफिमागि सकेकी छिन् तर उनको आलोचना भने सामाजिक संजालमा भइरहेको छ । सामाजिक सञ्जालमा दिपाश्रीमाथि मानिसहरु खनिएपछि कलाकार गिरीले एक स्टाटस लेखेका थिए । 

दिपाश्रीको समर्थनमा स्टाटस लेखेपछि गिरीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले महानायक भन्दै कटाक्ष गरेका थिए । महानायक भन्दै विरोध जारी रहेपछि गिरीले पुन अर्को स्टाटस लेखे त्यो पनि आलोचना भयो ।

यसैबीच दिपकराज गिरीले हिजो आफ्नो फेसबुक लाइभमा आएर ११ मिनेट बोल्ने बताएका कलाकार गिरीले करिब २१ मिनेटको समय लिएर पुन फेसबुक लाईभमा आएर माफी मागेका छन्। यसमा पनि दिपक राज गिरीको शब्द चयन पुनः विवादित रहेको देखिन्छ। कलाकार गिरीको फेसबुक लाईभ भिडियो जस्ताको त्यस्तै राखेका छौ ।

– हेर्नुहोस् भिडियो

 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...