News Portal

दिपकराज गिरीले राजेश हमालसंग हात जोडेर मागे माफी, उनी झनै विवादित ( भिडियो सहित )

हिमाली संचार संवाददाता
४६६ पटक
२०७७ आषाढ ३०,मंगलवार

काठमाडौ । नेपाली फिल्मका महानायक राजेश हमालका विषयमा सामाजिक संजालमा पछिल्लो समय चर्चा परिचर्चा र महानायक विरुद्ध दिपाश्री निरौलाले एक संचार माध्यममा दिएको अभिव्यक्ति प्रति लक्षित गरेर  पछिल्लो केही दिन यता साामाजिक संजाल प्रयोगकर्ताहरुले कलाकार दिपाश्री निरौला र दिपकराज गिरीको अलोचना गरिरहेका छन् ।

एक अन्तर्वार्ताका क्रममा अभिनेत्री निरौलाले राजेश हमाललाई पत्रकारले महानायक बनाइदिएको अभिव्यक्ति दिएपछि उनको बचाउका लागि आएका दिपक राज गिरीको सामाजिक संजालको स्टाटस् पश्चात दिपकराज गिरी पनि सामाजिक संजाल प्रयोगकर्ताको तारो बनेका हुन् । 

दिपाश्री निरौलाको ट्रोलको शिकार बनेपछि दिपाश्रीले सामाजिक सञ्जालमार्फत नै माफिमागि सकेकी छिन् तर उनको आलोचना भने सामाजिक संजालमा भइरहेको छ । सामाजिक सञ्जालमा दिपाश्रीमाथि मानिसहरु खनिएपछि कलाकार गिरीले एक स्टाटस लेखेका थिए । 

दिपाश्रीको समर्थनमा स्टाटस लेखेपछि गिरीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले महानायक भन्दै कटाक्ष गरेका थिए । महानायक भन्दै विरोध जारी रहेपछि गिरीले पुन अर्को स्टाटस लेखे त्यो पनि आलोचना भयो ।

यसैबीच दिपकराज गिरीले हिजो आफ्नो फेसबुक लाइभमा आएर ११ मिनेट बोल्ने बताएका कलाकार गिरीले करिब २१ मिनेटको समय लिएर पुन फेसबुक लाईभमा आएर माफी मागेका छन्। यसमा पनि दिपक राज गिरीको शब्द चयन पुनः विवादित रहेको देखिन्छ। कलाकार गिरीको फेसबुक लाईभ भिडियो जस्ताको त्यस्तै राखेका छौ ।

– हेर्नुहोस् भिडियो

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...