News Portal

स्मार्ट फोन, ल्यापटप र कम्प्युटरबाट आँखा जोगाउने महत्त्वपूर्ण टिप्स

हिमाली संचार संवाददाता
८१० पटक
२०७७ आषाढ २९, सोमवार

एजेन्सी – हाम्रो शरीरमा सबैभन्दा ठूलो दबाब आँखामा परिरहेको छ। कम्प्युटरमा हेर्नु अन्यत्र हेर्नु जस्तो सामान्य घटना होइन। किताब पढ्नु वा टाइप गर्नुजस्तो पनि होइन। कम्प्युटरमा लेखिएका कुरा पढ्नु वा कम्प्युटरमा निरन्तर आँखा गाडिराख्नु बेग्लै प्रक्रिया हो।

कम्प्युटर स्क्रिनमा जस्ता पनि आकृति होस् ती धेरै विन्दु मिलेर बनेका हुन्छन्, र यी इलेक्ट्रोनिक बिन्दु लगातार हल्लिरहेका हुन्छन्।

आँखा निरन्तर चलायमान यी बिन्दुलाई पछ्या रहेको हुन्छ। त्यसका लागि आँखा पनि निरन्तर चलायमान भएर बिन्दुको गतिसँग तालमेल मिलाइरहेको हुन्छ। हामी कम्प्युटरका आकृति, अक्षर ठिकसँग हेर्न सकौं। परिणाम आँखा निरन्तर चलायमान भइरहँदा थाक्छ र तनाव हुन्छ।

कम्प्युटर स्क्रिनको वरपर ‘स्टेटिक इलेक्ट्रिकल चार्ज’ पनि उत्पन्न भइरहेको हुन्छ, जसले वरपरका धुलोका कण आफूतिर आकर्षित गर्छ। यी कण आँखामा पनि जम्न पुग्छन् र आँखामा दुखाइ शुरु हुन्छ।

आँखा सुख्खा हुन्छ र चिलाउन थाल्छ। एलर्जी पनि बढ्न थाल्छ। कम्प्युटरमा निरन्तर काम गरिरहँदा आँखा थाक्छ। छटपटी बढ्छ। काँध र गर्धन दुख्न थाल्छ। टाउको दुख्न सक्छ। चिड्चिडाहट हुन थाल्छ। विना कारण रिस उठ्छ र शरीरमा थकान बढ्छ। निद्रा पर्दैन।

बालबालिकाहरुको आँखामा आउने तनावको लक्षणले थप क्षति पुग्न सक्छ। बालबालिकाको आँखा कम्प्युटरको मध्यम प्रकाशमा बानी पर्न थालेपछि उनीहरुलाई सूर्यको उज्यालो मन पर्दैन। उनीहरु बाहिर जान रुचाउँदैनन्। बाहिर खेलेनन् भने साथीभाइसँगको सम्बन्ध टुट्छ, बाहिरी  प्रक्रियामा ठूलो अवरोध उत्पन्न हुन्छ।

आँखामा निरन्तर तनाव भइरहँदा बालबालिकालाई खान रुच्न छोड्छ। अचेल बालबालिकामा झगडा गर्ने, जिद्दीपन बढ्ने जस्ता लक्षणको कारण ‘कम्प्युटर भिजन सिन्ड्रोम’ हुन सक्छ।

कम्प्युटरअगाडि बसेर धेरै समय विताउन यसै पनि राम्रो होइन तर, त्यसका विभिन्न कारणले उत्पन्न अन्य समस्या उत्पन्न हुन्छ। यहाँ हामी बालबालिकाले कम्प्युटरमा गलत सामाग्री हेर्न सक्ने प्रति चर्चा गरिरहेका छैनौं। यसबाट पर्ने असर त अर्को बहसको पाटो हो। त्यसो भए कम्प्युटरमा काम गर्न छोड्ने त? यो त सम्भव नै छैन। कम्प्युटर छोड्न सकिँदैन। यो आधुनिक जीवनको अपरिहार्य तर, हानिकारक यन्त्र भएको छ।

आँखा जोगाउने टिप्सहरु:

१. कम्प्युटरको स्क्रिन आफ्नो आँखाको लेभलभन्दा ६ देखि ८ इन्चसम्म तल राख्ने।

२. कम्प्युटरलाई सूर्यको उज्यालोमा राखेर काम नगर्ने। धेरै चहकिलो उज्यालोमा पनि कम्प्युटर नहेर्ने। टाउकोमाथिबाट तेज र चम्किलो प्रकाश नहोओस् भन्नेमा ध्यान दिने। चहकिलो प्रकाशमा काम गर्दा आँखामा तनाव उत्पन्न हुन्छ।

३. कम्प्युटरमा लगातार नबिराई धेरै बेर काम नगर्ने। प्रत्येक आधा घण्टामा पाँच मिनेटको ब्रेक लिने।

४. कम्प्युटर स्क्रिन र आँखाबीचको दूरी कम्तीमा २० इन्च राखेर काम गर्ने।

५. भुइँमा बसेर ल्यापटप वा कम्प्युटरमा काम नगर्ने। आँखाको कनभर्जेन्स व्यायाम गर्ने। ‘त्राटक क्रिया’ यस्तै खाले व्यायाम हो। कुनै पनि आँखा विशेषज्ञले ‘कनभर्जेन्स एक्सरसाइज’ बारेमा बताउन सक्छन्। यो व्यायाम विशेष गरी ‘मायोपिक’ चस्मा टाढा हेर्दा आवश्यक चश्मा लगाउने व्यक्तिले गर्नु झन् जरुरी छ।

६. कुनै लिखित दस्तावेजसँगै कम्प्युटरमा काम गरिरहनुभएको छ भने दस्तावेजलाई कम्प्युटर स्क्रिनसँगै राख्नुहोस्। दुवैको लेभल फरकफरक भयो भने आँखामा बढी तनाव उत्पन्न हुन्छ।

७. बजारमा ‘एन्टी ग्लेयर’ चस्मा पनि उपलब्ध छन्। यस्तो चश्मा लगाएर काम गर्दा केही फाइदा पुग्छ।

८. आँखा सुख्खा लाग्यो, चिलाउन थाल्यो भने कुनै आँखा विशेषज्ञको सल्लाह लिएर ‘आई ड्रप्स’ हाल्नु उचित हुन्छ।

९. बालबालिकालाई ग्याजेटको सट्टा अन्य खेलका सामग्री दिएर घरबाहिर साथीसँग खेल्न आकर्षित गर्नुपर्छ।

कम्प्युटर, ल्यापटप र स्मार्ट फोन चलाउँदा यी विषयमा सावधानी अपनाउने हो भने यसको नकारात्मक असरबाट केही हदसम्म बच्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...