News Portal

पाकिस्तानमा मतगणना सुरु, को बन्लान् नयाँ प्रधानमन्त्री ?

संवाददाता
५०९ पटक

पाकिस्तानमा बुधबार सम्पन्न आम निर्वाचनको मतगणना सुरु भएको छ ।यो चुनावमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी मुस्लिम लिग (नवाज) र पूर्वक्रिकेटर इमरान खानको पार्टी तहरिक ए इन्साफबीच कडा टक्कर हुने बताइएको छ ।

१० करोड ६० लाख मतदाता पाकिस्तानमा हिंसाको आशंकाका बीच भएको मतदानमा लाखौं मानिस सहभागी भएका छन् ।

पश्चिमी शहर क्वेटाको एक मतदान केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा ३० जना भन्दा बढीको मृत्यु पनि भएको छ । केही स्थानमा झडप पनि भए ।

चुनावका क्रममा भएका हिंसालाई लिएर पाकिस्तानी सेनामाथि चुनावमा हस्तक्षेप गरेको आरोप पनि लाग्दै आएको छ । तर, सेनाले यस्ता आरोप अस्वीकार गरेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार चारै प्रान्त पन्जाब, खाइबर पख्तुनख्वा, सिन्ध र बलुचिस्तानमा मतदाताले उत्साहपूवर्क मतदान गरेका छन् । मतदाताको लामो लाइन रहेको भन्दै पाकिस्तान मुस्लिम लिग-नवाजले निर्वाचन आयोगलाई चिठी लेखेर मतदानको अवधि एक घन्टा थप्न आग्रह गरेको थियो ।

त्यसपछि पाकिस्तान पिपुल्स पार्टी, पाकिस्तान तहरिक ए इन्साफ र अवामी मुस्लिम लिगले पनि निर्वाचन आयोगलाई मतदानको समय थप्न आग्रह गरेका थिए । तर, निर्वाचन आयोगले निर्वाचन अवधी थप्न अस्वीकार गर्‍यो ।

पाकिस्तानको निर्वाचन आयोगले ६ बजेभन्दा अगाडि मतदानको लाइनमा बसेका सबैलाई मतदान गर्न दिने भन्दै उसले मतदान अवधि थप्न इन्कार गरेको हो ।

निर्वाचन आयोगले २६ जुलाई अपरान्ह २ बजेसम्ममा सबै मत परिणाम घोषणा गरिसक्ने जनाएको छ ।

पाकिस्तानमा संघीय संसद र प्रान्तिय संसद दुवैको निर्वाचन एकैसाथ भएको हो । यो निर्वाचन नयाँ पाकिस्तानको लागि भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

३४२ सिट रहेको पाकिस्तानको राष्ट्रिय सभामा २७२ सिटको लागि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ भने ६० सिट महिलाको लागि र १० सिट धार्मिक अल्पसङ्ख्यकको लागि आरक्षण गरिएको छ । निर्वाचनमा एउटै पार्टीले बहुमत ल्याउने सम्भावना धेरै कम भएकाले गठबन्धन सरकार बन्ने सम्भावना देखिन्छ ।

संघीय  र प्रान्तीय सबै गरी ८४९ सिटको लागि भएको निर्वाचनमा जम्मा ११ हजार ६७३ उम्मेदवारले भाग लिएका छन् । जसमध्ये ३,४२८ राष्ट्रिय सभाको लागि र ८,२४५ प्रान्तीय सभाको लागि मैदानमा उत्रिएका छन् ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...