News Portal

पाकिस्तानमा मतगणना सुरु, को बन्लान् नयाँ प्रधानमन्त्री ?

संवाददाता
५७३ पटक

पाकिस्तानमा बुधबार सम्पन्न आम निर्वाचनको मतगणना सुरु भएको छ ।यो चुनावमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी मुस्लिम लिग (नवाज) र पूर्वक्रिकेटर इमरान खानको पार्टी तहरिक ए इन्साफबीच कडा टक्कर हुने बताइएको छ ।

१० करोड ६० लाख मतदाता पाकिस्तानमा हिंसाको आशंकाका बीच भएको मतदानमा लाखौं मानिस सहभागी भएका छन् ।

पश्चिमी शहर क्वेटाको एक मतदान केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा ३० जना भन्दा बढीको मृत्यु पनि भएको छ । केही स्थानमा झडप पनि भए ।

चुनावका क्रममा भएका हिंसालाई लिएर पाकिस्तानी सेनामाथि चुनावमा हस्तक्षेप गरेको आरोप पनि लाग्दै आएको छ । तर, सेनाले यस्ता आरोप अस्वीकार गरेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार चारै प्रान्त पन्जाब, खाइबर पख्तुनख्वा, सिन्ध र बलुचिस्तानमा मतदाताले उत्साहपूवर्क मतदान गरेका छन् । मतदाताको लामो लाइन रहेको भन्दै पाकिस्तान मुस्लिम लिग-नवाजले निर्वाचन आयोगलाई चिठी लेखेर मतदानको अवधि एक घन्टा थप्न आग्रह गरेको थियो ।

त्यसपछि पाकिस्तान पिपुल्स पार्टी, पाकिस्तान तहरिक ए इन्साफ र अवामी मुस्लिम लिगले पनि निर्वाचन आयोगलाई मतदानको समय थप्न आग्रह गरेका थिए । तर, निर्वाचन आयोगले निर्वाचन अवधी थप्न अस्वीकार गर्‍यो ।

पाकिस्तानको निर्वाचन आयोगले ६ बजेभन्दा अगाडि मतदानको लाइनमा बसेका सबैलाई मतदान गर्न दिने भन्दै उसले मतदान अवधि थप्न इन्कार गरेको हो ।

निर्वाचन आयोगले २६ जुलाई अपरान्ह २ बजेसम्ममा सबै मत परिणाम घोषणा गरिसक्ने जनाएको छ ।

पाकिस्तानमा संघीय संसद र प्रान्तिय संसद दुवैको निर्वाचन एकैसाथ भएको हो । यो निर्वाचन नयाँ पाकिस्तानको लागि भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

३४२ सिट रहेको पाकिस्तानको राष्ट्रिय सभामा २७२ सिटको लागि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ भने ६० सिट महिलाको लागि र १० सिट धार्मिक अल्पसङ्ख्यकको लागि आरक्षण गरिएको छ । निर्वाचनमा एउटै पार्टीले बहुमत ल्याउने सम्भावना धेरै कम भएकाले गठबन्धन सरकार बन्ने सम्भावना देखिन्छ ।

संघीय  र प्रान्तीय सबै गरी ८४९ सिटको लागि भएको निर्वाचनमा जम्मा ११ हजार ६७३ उम्मेदवारले भाग लिएका छन् । जसमध्ये ३,४२८ राष्ट्रिय सभाको लागि र ८,२४५ प्रान्तीय सभाको लागि मैदानमा उत्रिएका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...