News Portal

सुर्खेतमा जथाभावी वन फडानी, डिभिजन वन कार्यालय कार्यक्रममै ब्यस्त

वन कार्यालय सुर्खेतले १ घन्टाको कार्यक्रममा झन्डै दुई लाख खर्च गर्यो

हिमाली संचार संवाददाता
५२२ पटक

२०७७ असार २३, मंगलबार
सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतले आर्थिक बर्षको अन्त्यमा वातावरण संरक्षण गर्ने बहानामा एक घन्टाको कार्यक्रममा झन्डै दुइ लाख रकम खर्च गरेको छ।

वातावरण तथा सरसफाइको नाममा कार्यालयले आफु निकटका सिमित व्यक्तीलाई एक होटलमा जम्मा पारेर एक घन्टाको १ लाख ७० हजार रकम खर्च गरेको पाईएको छ।

कार्यालयले सम्पुर्ण सरसफाई र वातावरण विषय अन्तरक्रिया शिर्षक राखेर असारे बजेट खर्च गरेको हो।

चालु आर्थिक वर्षभरी कुनैपनि कार्यक्रमको आयोजना नगर्ने कार्यालयले असार मसान्तमा बजेट खर्च गर्नकै लागी हतारहतार कार्यक्रम गरेर रकम खर्च गरेको छ।

कार्यालयले कार्यक्रमको प्रभाकारीता सम्बन्धि कुनै मुल्याकङन नगरेर केही व्यक्तीहरुलाई होटलमा जम्मा गरेर बजेट खर्च गरेको छ।

डिभिजन वन कार्यालय सुर्खेतले जिल्लामा वन फडानी तथा वातावरण प्रदर्शन दिनप्रतिदिन विनास भईरहदा कुनैपनि प्रभावकारी कदम चाल्न सकेको छैन।

कार्यालयका प्रमुख गोविन्द्रप्रसाद दाहाल वन फडानी नियन्त्रण भन्दा होटलमा हुने यस्तै कार्यक्रम, खेलकुद गतिविधमा व्यस्थ हुने गरेका छन।

सुर्खेतमा अहिले विभिन्न सामुदायिक वनहरुमा अवैद्ध रुपमा जंगल फडानी ठेकेदारहरुले कटानी गरेका रुखहरु घाट्गद्धी गर्नको लागी डोजर प्रयोग गरेर चुर्रे क्षेत्रमा भएको वन तथा वातावरण विनास गर्ने काम भईरहेको छ।

सामुदायिक वनभित्र आफुखुशि बाटो खन्ने ट्याक्टर गुडाउने गर्दा सुर्खेतका धेरै जसो वनहरु बर्षादको समयमा डोजर लगाएर खनेका बाटोहरुले पहिरो जाने गरेका छन।

अहिले त्यस्ता वनहरुमा रुखका साना विरुवाहरु विनास हुने गरेका छन भने अन्य रुखहरुसमेत नष्ट भएका छन।

यसअघि पश्चिम सुर्खेतको बराहतालमा रहेको जनकल्याण सामुदायिक वन र सृजना सामुदायिक वनमा अवैद्ध रुपमा रुखकटानी हुदाँसमेत कार्यालय प्रमुख दाहालले अहिलेसम्म कसैलाई कारवाहीको दायरामा ल्याउन सकेका छैनन्।

उल्टै कार्यालय प्रमुख दाहालले रुखकटानी गर्ने सामुदायिक वनका पदाधिकारीहरुको बच्चाउ गर्दै आएका स्थानिय नागरिहरुको भनाई छ।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...