News Portal

अधिकारको दुरुपयोग गर्ने अधिकृत पुर्पक्षका लागि जेल चलान

हिमाली संचार संवाददाता
५०४ पटक

२०७७ आषाढ २२, सोमवार/काठमाण्डौ – भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेका जिल्ला प्रशासन कार्यालय झापाका पूर्व प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि जेल चलान भएका छन्।

वि.स.२०७२ मंसिर १० गते गलत विवरणको आधारमा भारतीयलाई नागरिकता बनाइदिएको अभियोगमा जिल्ला अदालत झापाले आचार्यलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो।

झापामा बसेर व्यापार व्यवसाय गरेर बस्दै आएका भारतीय नागरिक मुस्तफा आलमलाई ज्यामिरगढी गाविसबाट सिफारिस लिई नेपाली नागरिकता बनाएको आरोपमा फरार रहेका आचार्य २० गते पक्राउ परेका थिए।

जिल्ला अदालत झापाले गत मंसिर २ मा पक्राउ पुर्जी जारी गरेकोमा महानगरीय अपराध महाशाखाको समन्वयको जिल्ला टोलीले शनिवार काठमाडौँको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

पक्राउ पुर्जी जारी भएपछि आचार्य फरार रहेका थिए। लकडाउनमा घरमै रहेको गोप्य सूचना पाएपछि आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...