News Portal

कर्णालीमा संक्रमितको संख्या १५ सय नाघ्यो

हिमाली संचार संवाददाता
४७६ पटक

२०७७ असार २२, सोमबार
सुर्खेत – कर्णाली प्रदेशमा कोरोनालार्इ जित्नेको संख्या साढे १२ सय नजिक पुगेको छ।

सोमबार सुर्खेत र जाजरकोटका विभिन्न आसोलेसन सेन्टरबाट १६ जना कोरोनामुक्त भएसंगै कोरोना भार्इरसलार्इ जितेर घर फर्केनेको संख्या १२ सय ४७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालय स्वास्थ्य माहाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घन्टामा सुर्खेतका विभिन्न आसोलेशनबाट १५ र जाजरकोटबाट एक जनाले कोरोनालार्इ जितेको बताउनु भयो।

यस्तै बीच कर्णालीमा संक्रमितको संख्या १५ सय नाघेको छ। आज सुर्खेतमा १४, जारजरकोटमा ३ र जुम्लामा एक जनामा कोरोना पोजेटिभ देखिएसंगै संक्रमितको संख्या १५ सय १६ पुगेको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा एक र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा १७ जनामा संक्रमण देखिएको हो।

कर्णालीमा अहिले निको भएर घर फर्केका र मृत्युको घटाउदा २ सय ६३ जनाको उपचार चल्दै छ।

हालसम्म कर्णालीमा RTPCR विधिबाट ३० हजार ६ सय भन्दा धेरैको परिक्षण गरिएकोमा १५ सय १६ जनाको कोरोना पोजेटिभ देखिएको जिकिर गर्नुभयो।

कर्णालीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ रहेको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...