News Portal

कर्णालीमा संक्रमितको संख्या १५ सय नाघ्यो

हिमाली संचार संवाददाता
५३३ पटक

२०७७ असार २२, सोमबार
सुर्खेत – कर्णाली प्रदेशमा कोरोनालार्इ जित्नेको संख्या साढे १२ सय नजिक पुगेको छ।

सोमबार सुर्खेत र जाजरकोटका विभिन्न आसोलेसन सेन्टरबाट १६ जना कोरोनामुक्त भएसंगै कोरोना भार्इरसलार्इ जितेर घर फर्केनेको संख्या १२ सय ४७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालय स्वास्थ्य माहाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घन्टामा सुर्खेतका विभिन्न आसोलेशनबाट १५ र जाजरकोटबाट एक जनाले कोरोनालार्इ जितेको बताउनु भयो।

यस्तै बीच कर्णालीमा संक्रमितको संख्या १५ सय नाघेको छ। आज सुर्खेतमा १४, जारजरकोटमा ३ र जुम्लामा एक जनामा कोरोना पोजेटिभ देखिएसंगै संक्रमितको संख्या १५ सय १६ पुगेको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा एक र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा १७ जनामा संक्रमण देखिएको हो।

कर्णालीमा अहिले निको भएर घर फर्केका र मृत्युको घटाउदा २ सय ६३ जनाको उपचार चल्दै छ।

हालसम्म कर्णालीमा RTPCR विधिबाट ३० हजार ६ सय भन्दा धेरैको परिक्षण गरिएकोमा १५ सय १६ जनाको कोरोना पोजेटिभ देखिएको जिकिर गर्नुभयो।

कर्णालीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ रहेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...