News Portal

एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने

हिमाली संचार संवाददाता
४४५ पटक
२०७७ आषाढ २२,सोमवार

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि भन्दै नयाँ नियम जारी गर्दै, एक सेवाप्रदायकबाट एउटा व्यक्तिको नामबाट दुईभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । 

प्राधिकरणको नयाँ नियमअनुसार अबदेखि कुनै पनि व्यक्तिले एउटै टेलिकमको २ भन्दा बढी सिमकार्ड लिन पाइने छैन । यदि लिएको भए पनि अर्काको नाममा नामसारी गरेर सेवा बन्द गर्नुपर्ने छ । प्राधिकरणले निर्णय गरी सेवाप्रदायकलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ।

नयाँ व्यवस्थाअनुसार यदि कुनै पनि ग्राहकले नेपाल टेलिकमका  दुई भन्दा बढी सिमकार्ड लिएको भए अबदेखि एउटा सिम फिर्ता गर्नुपर्छ। यसरी फिर्ता गरेको त्यो सिम स्वत अर्कै व्यक्तिले लिन पाउने छ । रासस

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...