News Portal

अविरल बर्षाको कारण नदीको वहाव बढ्ने, तराई उच्च जोखिम

हिमाली संचार संवाददाता
४६० पटक
२०७७ आषाढ २२, सोमवार

काठमाण्डौ ।  मुलुकभर अविरल बर्षा भए संगै आगामी असार महिनाको अन्तमा देशभरिका नदीको बहाव बढ्न सक्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौषम विज्ञान विभाग मातहतको बाढी पुर्वानुमान महाशाखाले बाढी पुर्वानुमान बुलेटिन प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार आगामी असार अन्तिमदेखि नेपालका प्रमुख र मझौला नदीहरुमा वहाव बढ्ने र सर्तकता तहको आसपास पुग्नसक्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सर्तकतामा रहन आग्रह गरेको छ ।

महाशाखाले असार महिनाको अन्तिमदेखि देशभरिका नदीको वहाब बढ्ने कोशी, कन्काई, कमला, नारायणी र यसको सहायक नदीहरुमा वहावले सर्तकता तह पार गरेर खतरा तहको आसपास पुग्ने र उच्च जोखिमको अवस्था हुने जनाएको छ ।

प्रदेश १ र २ को चुरे र तराईबाट बहने प्रायः सबै नदीको बहावले सकर्तकता तह पार गरी खतरा तह आसपास पुग्ने भएकोले पनि जोखिमको सामाना गर्न पुर्वतयारीलाई प्राथमिकता दिन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी तीन दिनपछि नदी तटीय क्षेत्रको निर्माण कार्य नगर्न पनि अनुरोध गरेको छ । रासस 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...