News Portal

अविरल बर्षाको कारण नदीको वहाव बढ्ने, तराई उच्च जोखिम

हिमाली संचार संवाददाता
४४३ पटक
२०७७ आषाढ २२, सोमवार

काठमाण्डौ ।  मुलुकभर अविरल बर्षा भए संगै आगामी असार महिनाको अन्तमा देशभरिका नदीको बहाव बढ्न सक्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौषम विज्ञान विभाग मातहतको बाढी पुर्वानुमान महाशाखाले बाढी पुर्वानुमान बुलेटिन प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार आगामी असार अन्तिमदेखि नेपालका प्रमुख र मझौला नदीहरुमा वहाव बढ्ने र सर्तकता तहको आसपास पुग्नसक्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सर्तकतामा रहन आग्रह गरेको छ ।

महाशाखाले असार महिनाको अन्तिमदेखि देशभरिका नदीको वहाब बढ्ने कोशी, कन्काई, कमला, नारायणी र यसको सहायक नदीहरुमा वहावले सर्तकता तह पार गरेर खतरा तहको आसपास पुग्ने र उच्च जोखिमको अवस्था हुने जनाएको छ ।

प्रदेश १ र २ को चुरे र तराईबाट बहने प्रायः सबै नदीको बहावले सकर्तकता तह पार गरी खतरा तह आसपास पुग्ने भएकोले पनि जोखिमको सामाना गर्न पुर्वतयारीलाई प्राथमिकता दिन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी तीन दिनपछि नदी तटीय क्षेत्रको निर्माण कार्य नगर्न पनि अनुरोध गरेको छ । रासस 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...