News Portal

  • आज गुरु पूर्णिमा : गुरुजनप्रति सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै

    हिमाली संचार संवाददाता
    ३९२ पटक
    २०७७ आषाढ २१, आइतबार

    काठमाण्डौ । आज गुरु पूर्णिमा अर्थात आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

    गुरुपूर्णिमालाई अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर जयन्ती भनिन्छ । पूर्वीय दर्शन अर्थात हाम्रो सनातन हिन्दू धर्ममा गुरूको महत्त्व अनौठो र अनुपम छ ।

    गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन् ।

    विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै गुरुबाट टीका लगाई आसिर्बाद थाप्ने चलन छ। द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ। संस्कृत भाषामा ‘गुरुको अर्थ अन्धकार र ‘रू’को अर्थ नष्ट गर्ने हो।

    आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ। हिन्दू मान्यताअनुसार संगीतलगायत ६४ कला सिकाउने, गायत्री दीक्षामन्त्र, वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन्। विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो। त्रेता युगमा मर्यादापुरूषोत्तम रामसहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ।

    पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए। गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहिआएको छ। गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दैलेखमा १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको सनसनीपूर्ण घटना, दुई जना पक्राउ

    दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका...

    कुलिङ पिरियड विवाद : राप्रपा प्रश्न गर्दै – सभापतिको राजीनामा पर्याप्त छ कि?

    काठमाडौं, साउन २९ – प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले संसदीय विषयगत समितिका...

    पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

    काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने...

    डिजिटल प्लेटफर्ममा बढ्दो असुरक्षा समाधानमा सरकारको ध्यान आवश्यक : सभापति देउवा

    काठमाडौं, साउन २९ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममार्फत नागरिक असुरक्षित हुने घटनाहरू...

    ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५...