News Portal

जिप त्रिशूलीमा खसेको बारे अन्योलमा प्रहरी !

हिमाली संचार संवाददाता
५५८ पटक

२०७७ असार १९, शुक्रबार
हरिहरसिंह राठौर/धादिङ – त्रिशूलीमा बिहीबार जिप खसेको भनिएको घटनामा थप तथ्य फेला नपर्दा प्रहरी अन्योलमा देखिएको छ।

घटनासँग जोडिएका कोही सम्पर्कमा नआएको र जिप खसेको भन्ने बलियो प्रमाण नै नभेटिएको प्रहरीको भनाइ छ।

गोरखाको गण्डकी–६ की ६० वर्षीया सुनमाया तामाङले धादिङका जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीलाई घटनास्थलमै दिएको भिडियो बयानमा उनले सेतो एम्बुलेन्सजस्तो देखिने जिप मुग्लिनतर्फबाट आएर त्रिशूलीमा खसेको दाबी गरेकी थिइन्।

सुनमायाले करिब अढाई घण्टा हिँडेर चितवनको सिमाना मौवाखोला बजारमा आई गाडी खसेको भनी सुनाएपछि बिहान साढे ६ बजे जोगीमारास्थित प्रहरीले पहिलो सूचना पाएको थियो।

उनका अनुसार बेनीघाट–१०, मौवाखोला, बाँदरे मोडबाट बिहान जिप खसेको थियो। यस्तो खबर पाएपछि नेपाली सेना, कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टोली खोजीमा जुटेका थिए।

धमिलो पानी र तीव्र बहावका कारण खोजतलासमा कठिनाइ भएपछि बिहीबार गोताखोर फिर्ता गरिए पनि फेरि खोजी जारी राखिएको कुरिनटारस्थित सशस्त्र प्रहरीको तालिम शिक्षालयका प्रमुख कालिदास धौबजीले बताए।

उनका अनुसार अहिलेसम्म जिप कहाँबाट कता जाँदै थियो वा त्यसमा के–कति मान्छे थिए भन्ने विवरण खुल्न सकेको छैन।

प्रहरीका अनुसार घटनास्थलमा कान्लामा माटो धस्सिएको, ढुंगा खसेको, स्थानीय बजारमा लगिँदै गरेको बिजुलीको एउटा तार चुँडिएको बाहेक अन्य ठोस प्रमाण फेला परेको छैन।

‘मुग्लिन बजारमा जडान गरिएको सीसीटीभी क्यामरा पनि बिग्रेपछि थप कठिनाइ भएको छ,’ धादिङ प्रहरी प्रमुख रेग्मीले भने।

उक्त स्थानमा सडक सुरक्षाबार नरहेको र मोड पनि नभएकाले चालक एक्लै रहेको र निदाएको हुन सक्ने सम्भावनालाई ध्यानमा राखी चितवनतर्फका सबै प्रहरी एकाइलाई खबरसम्म गरिएको उनले बताए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...