News Portal

काठमाडौं-त्रिशूली सडक विस्तारमा ढिलाइ, गराईयो मन्त्रीको ध्यानाकर्षण

हिमाली संचार संवाददाता
६९० पटक

२०७७ असार १९, शुक्रबार
निर्दोष घोरसाइने/काठमाडौं – पसाङल्हामु राजमार्ग (काठमाडौं-त्रिशूली) सडक निर्माणमा भइरहेको ढिलाइप्रति नुवाकोटका जनप्रतिनिधिले चासो देखाएका छन्।

नुवाकोटका प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङ, नारायण खतिवडा, बागमती प्रदेश सांसद बद्री मैनालीलगायत पूर्वसांसद र स्थानीय तहका जनप्रतिनिधि सहितको टोलीले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङलाई उक्त विषयको जानकारी गराएका हुन्।

सडक निर्माणका लागि ठेक्का लागेको ६ वर्ष व्यतित हुँदा पनि निर्माणकार्य सम्पन्न हुन नसक्नु यथार्थ विवरण तथा तथ्य सत्य बुझ्न मन्त्रालय धाउनु परेको सांसद तामाङ बताउँछन्।

सडक निर्माण कार्यलाई छिटो र सहज विधिबाट सम्पन्न गरिने मन्त्री नेम्बाङले आश्वासन दिएको तामाङले बताए।

सडक निर्माणमा ढिलाइ हुँदा नुवाकोटबासीले सास्ती भोग्नु परेको छ। राजधानीसँग जोडिएको जिल्लाको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ, तामाङले भने, सडकको दूरावस्थाका कारण बारम्बार दुर्घटना निम्तिने गरेको छ।

सडक छिटो सम्पन्न गर्न जनप्रतिनिधि पनि अग्रसर हुनुपर्ने देखिएकाले भौतिकमन्त्रीसँग भेट गरिएको उनले बताए।

काठमाडौं-त्रिशूली सडकलाई दुई खण्डमा विभाजन गरी ६ वर्षअघि ठेक्का लगाइएको थियो। बालाजु रानीपौवा १७ किमि र रानीपौवा- पीपलटार ३४ किमिसडक छ। यी दुई सडकमध्ये रानीपौवा-पीपलटार खण्डको ठेक्का तोडिएको छ।

निर्माण कार्यमा ढिलाइ र लापर्बाही गरेको भन्दै बालाजु त्रिशूली-छहरे-विदुर सडक योजना कार्यालयले रानी पैवा-पिपलटार सडक खण्डको ठेक्का असार ९ गते तोडेको हो।

रानीपौवा-पीपलटार सडक खण्ड विस्तारको जिम्मा भारतीय निर्माण व्यवसायी दिनेशचन्द्र अग्रवाल र नेपाली कम्पनी नागार्जुन/कोसी एन्ड न्यौपानै जेभीले पाएको थियो।

२०७४ फागुन २१ गतेभित्र सम्पन्न हुने गरी २०७२ असार ७ गते ठेक्का सम्झौता गरेको थियो। निर्माण व्यवसायीले अनुमानित लागतको करिब ४० प्रतिशत कम मूल्यमा ठेक्का प्राप्त गरेको थियो।

आयोजना कार्यालयका अनुसार यो सडक खण्डमा ५० करोड रुपैयाँ खर्च भएको छ। हालसम्म सडकको भौतिक र आर्थिक प्रगति ४० प्रतिशत छ।

यो सडकको ओखरपौवा जलकिनी खण्डमा सडक भासिने समस्या पनि रहेको सांसद हितबहादुर तामाङले बताए।

सडकलाई सुरक्षित बनाउन उक्त खण्डमा बेली ब्रिज निर्माणका लागि भौतिक मन्त्रालयसँग अनुरोध गरिएको उनले बताए।

बालाजु-रानीपौवा सडक खण्डको जिम्मा भारतीय ठेकेदार कम्पनी अराभली इन्फ्रा पावरसहित नेपाली कम्पनी सैलुङ कन्स्ट्रक्सनले पाएको छ।

यो सडक निर्माणका लागि २०७१ सालमा ठेक्का लगाइएको थियो। यो सडकमा पनि निर्माण व्यवसायीले अनुमानित लागतभन्दा ४५ प्रतिशत कम मूल्यमा ठेक्का प्राप्त गरेका थिए।

यो सडकको ठेक्का रकम करिब ३५ करोड रुपैयाँको छ। हालसम्म बालाजु-रानीपौवाको भौतिक प्रगति ४८ प्रतिशत र आर्थिक प्रगति ४४ प्रतिशत छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...