News Portal

नेकपा विवाद छताछुल्ल अन्तिम समयसम्म लड्ने ओलीको रणनीति

प्रम ओलीले तीन विकल्प अवलम्बन गर्न सक्ने दहाल पक्षको आकलन

हिमाली संचार संवाददाता
४४४ पटक
२०७७ आषाढ १७, बुधवार

काठमाण्डौ । नेकपा स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्यहरुले प्रधानमंत्री एवम् नेकपा अध्यक्ष केपी ओलीको राजीनामा मागेपछि प्रधानमंत्री ओलीले बुधबार दिनैभरी निकटका नेताहरुसँग मिलेर रणनीति बनाउन व्यस्त रहेको उच्च श्रोतले बताएका छन् । 

अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ललितपुरको एक होटलमा समूहगत भेलामा सहभागि हुँदा प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफ्ना नजिकका नेताहरुसँग छलफल गरेका हुन् । 

बुधबार बिहानै बालुवाटारमा निकट मन्त्री र नेताहरुसँग पनि ओलीले छलफल गरेका थिए । दिउसो फेरि निकटका नेताहरुसँग प्रम ओलीले छलफल गरेका हुन । पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरुसँग ओलीले छलफल गरेका हुन् । ओलीलाई राष्ट्रपति विद्यादेवि भण्डारीको पनि साथ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अन्तिम समयसम्म लड्ने र सबै उपाए अपनाउने तर दुवै पद नछाड्ने अडानमा छन् । आफ्नो समूहलाई गलाउने रणनीति यो समूहले तय गरेको हो । त्यसका लागि उनले तीन विकल्पमा समेत परामर्श सुरु गरेको दाहाल-नेपाल समूहको बुझाई छ । संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्‍याएर सरकार नछाड्ने विकल्पमा पनि ओलीले परामर्श गरेको हुन सक्ने बुझाई यो समूहको छ । तर, ओलीले यो सबै अर्को समूहलाई धम्काउनलाई गरेको र उनले यी विकल्प प्रयोग गर्न स्थिति सहज नभएको बुझाई पनि यो समूहको छ । यस किसिमको तयारीको ओली पक्षले भने पुष्टि गरेका छैन ।

बिहान बालुवाटारमा भएको भेलामा ओली दाहाल-समूहका नेता हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझी, रामबहादुर थापा, लेखराज भट्ट पनि सहभागि थिए । भेलामा ओलीले आफू अप्ठ्यारोमा परेको भन्दै सहयोग गर्न यी नेताहरुलाई आग्रह गरेका थिए ।

बिहानको भेलामा कृषि मन्त्री घनश्याम भुसाल र पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई पार्टीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका थिए । ओलीले भने आफूलाई कर्नर गरिएको र अपमान गरिएको बताएका थिए । रासस 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...