News Portal

  • अमेरिकी ग्यास स्टेशन, जहाँ १४ नेपालीको ज्यान गयो

    सूर्य थापा
    ७२३ पटक

    अमेरिका – अमेरिकामा आएर नेपालीहरूले सुरूवात गर्ने र तरक्की गर्ने एउटा क्षेत्र ग्यास स्टेसनको रोजगारी हो । तर, त्यही ग्यास स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ ।

    अमेरिकी ग्यास स्टेसनमा नेपालीका लागि अवसरको मैदान मात्र छैन, चुनौतिको पहाड पनि तेर्सिएको छ । खासगरी, सुरक्षाको प्रश्न अहम छ । यसै क्रममा एक अध्ययनका अनुसार सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेका बेला ज्यान गुमाएका छन् ।

    अहिलेसम्मको स्थिति हेर्दा प्रायः घटनाहरु रातमा भएका छन् । ती घटना लुटेराहरूबाटै गराइएका छन् । यी दुबै तथ्यको विश्लेषण गर्दा राति काम गर्नुपर्ने बाध्यताका साथै राति सुरक्षाको यथेष्ट ब्यवस्था नहुने भएकाले लुटेराहरूको मनोबल बढेको देखिन्छ ।

    नेपालीले पहिले काम गर्ने, पछि किन्ने

    अमेरिकामा रहेका नेपालीमध्ये धेरैले आफ्नो अमेरिकी जीवन ग्यास स्टेसनबाटै सुरू गर्छन् । जोखिमका लागि तयार रहने चरित्र, स्टोरमा क्यासियर भएर काम गर्न सक्ने पढाइ, आफूले भनेजस्तो समयमा सहजै काम पाइने भएकाले पनि नेपालीका लागि सुरूवाती दिनमा ग्यास स्टेसन रोजगारीका एक गन्तव्य भएको छ ।

    त्यसैमा काम गर्दागर्दै पुँजी, ज्ञान र अनुभव हासिल गरेपछि धेरै कामदारहरू कतिपय अवस्थामा त्यही स्टोरकै साहुसग साझेदार भएर त कतिपय अवस्थामा अरू साझदार खोजेर पनि ग्यास स्टेसन खोल्न पुग्छन् । एउटा स्टोर भएपछि केही समयमा अरू थप्ने क्रम सुरू हुन्छ । यसो गरेर धेर नेपालीहरू एक हैन, दर्जनौं ग्यास स्टेसनका मालिक हुन पुगेका छन् ।

    सयौं मालिक, हजारौं कामदार

    अमेरिकाका ५० राज्यमै नेपालीका सैयौंको संख्यामा ग्यास स्टेसन छन् र सयौंको संख्यामा नेपालीहरू ग्यास स्टेसनका मालिक भएर तरक्की गरिसकेका छन् । नेपालमा स्रोत नखुलेको अकुत सम्पति कमाएका मानिसको पैसा ल्याएर पनि अमेरिकामा ग्यास स्टेसन खोल्नेहरू छन् भनिन्छ । खासगरी राजनीतिक दलका नेता र कमाउ उच्चपदस्थ कर्मचारीहरूले आफन्तमार्फत् यस्तो लगानी गरिरहेको बताइन्छ ।

    नेपाली ग्यास स्टेसन मालिकको त आधिकारिक तथ्यांक नभएकोे बेला काम गर्ने नेपालीको एकिन संख्या भन्न सकिने अवस्था छैन । वेटिङ जब अर्थात् अर्को राम्रो काम नपाउञ्जेल गरिने कामका रूपमा समेत लिइने भएकाले ग्यास स्टेसनबाट अन्य जब स्टेसनतिर हिँड्नेहरूको तरल संख्या पनि ठूलो छ । कति नेपाली ग्यास स्टेसनमा काम गरिरहेको एकिन तथ्यांक नभएकाले अनुमान मात्र गर्न सकिन्छ ।

    एक अनुमान अनुसार अमेरिकाको ५० राज्यमा हजारौंको संख्यामा नेपालीहरू ग्यास स्टेसनमा काम गरिरहेका छन् । नेपालीहरूको बाक्लो आवादी रहेको टेक्सासमा मात्र पनि ठूलो संख्यामा नेपालीहरू ग्यास स्टेसनमा काम गरिरहेका छन् ।

    आक्रमणबाट कसरी जोगिने ?

    सुरक्षाका उपायहरू अपनाउनेभन्दा पनि प्रतिवाद गर्ने प्रवृति हुनु र पैसा जोगाउने नाममा ज्यान माया मार्नेखालको गतिविधि नै यस्ता अप्रिय घटनाका मूल कारण देखिएका छन् ।

    ग्यास स्टेशनमा काम गर्न छाड्ने वा व्यवसाय नै गर्न छोड्ने भन्ने कुरा व्यवहारिक हुँदैन । त्यसैले यस्ता घटना घट्न नदिन के गर्ने भन्ने नै यसको चुरो उपाय हो । पहिला त यस्ता घटनाहरू लुटेराबाटै हुने भएकाले लुटेराहरू किन आउँछन् भन्ने नै मूल प्रश्न हो । अहिलेसम्मका घटना हेर्दा धेरैमा व्यावसायिक लुटेराहरू नै संलग्न छन् ।

    केहीमा लागू पदार्थका दुब्र्यसनी र खानकै लागि लुट्ने टापटिपे लुटेराहरू पनि संलग्न भएको पाइएको छ । केही घटनामा चाँहि एशियाली आप्रवासीलाई देख्नै नसक्ने जातिवादी अर्थात् रेसिस्टहरू पनि संलग्न भएको पाइएको छ ।

    अमेरिकामा बन्दूक सहज पाइने भएकाले बन्दुके अपराधको संख्या दिनानुदिन बढ्दो छ । त्यसमा पनि लुटी खानु एक किसिमको ब्ययवसाय नै भएको अवस्था छ । केही समययता आप्रवासीमाथिको जातीय विभेद पनि बढ्दो छ ।

    यस्तो अवस्थामा होसियारीपूर्वक सावधानीका उपायहरू अपनाउनु नै उत्तम हुने देखिन्छ । यसका लागि ग्यास स्टेसन साहुहरूले कामदारलाई सबैभन्दा ठूलो कुरा ज्यान हो, पैसा हैन भन्ने सिकाउन जरूरी छ । सकेसम्म पैसा जोगाउने तर त्यस्तो अवस्था नआए ज्यानको जोखिम नलिने भन्ने सुरक्षा मूलमन्त्र कामदारहरूलाई दिनु नै अहिलेका लागि पहिलो सुरक्षा मन्त्र हुन सक्छ ।

    स्टोरमा बुलेटप्रुफ काउन्टरको व्यवस्था गर्ने, मध्यरातमा कन्भिनियन्स पसल बन्द गर्ने र ग्यास स्टेसन मात्र चलाउने, नजिकको प्रहरीसँग सम्बन्ध बिस्तार गर्ने, आवश्यकता अनुसार ९११ को प्रयोग गर्ने, सीसीटीभी लगायतका सुरक्षा सन्यन्त्रको व्यवस्था गर्ने र त्यसका बारेमा देखिने ठाउँहरूमा प्रष्टसँग लेखेर राख्ने लगायतका उपायहरू पनि अपनाउनुपर्ने हुन्छ ।

    मालिकले जे भने पनि कामदारले एउटा नेपाली उखान सधैंभरि सम्झनुपर्ने हुन्छ । त्यो के भने– अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु । रिसाउने, परिस्थितिको आँकलन नगर्ने, सुरक्षामा लापरवाही गर्नेलगायतका ज्यान जोखिम बढाउने काम गर्नुहुँदैन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...