News Portal

राष्ट्रपति र प्रधानमन्त्रीलाई फेसबुकमा ‘अश्लिल’ शब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ

हिमाली संचार संवाददाता
४८४ पटक
२०७७ आषाढ १७, बुधवार

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीलाई फेसबुकमार्फत अश्लिल शव्द प्रयोग गरी गाली गरेको आरोपमा पोखरा-१९ पुरञ्चौरका दुर्गादत्त बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो।

राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लिल शव्द प्रयोग गरी फेसबुकमा स्टाटस लेखेको भन्दै बास्तोला विरुद्ध पोखराका शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए। उनीहरु नेकपाका संगठन सम्वद्ध व्यक्तिहरु हुन्। उजुरी आएपछि अनुसन्धान गर्न पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए। ‘साइबर क्राइमको उजुरी आएपछि हामीले साइबर अपराध हेर्ने विभागमा पठायौं, एसपी श्रेष्ठका अनुसार ‘पुर्जी लिएर आज पक्राउ गरेका छौं, अनुसन्धानका लागि पनि माथि नै पठाउँछौं।’

बास्तोलाले लेखेको स्टाटस भने अहिले मेटेका छन्। उनको फेसबुक स्टाटसमा ४० कमेन्ट र ८ जनाले लाईक गरेका थिए। बास्तोला नेपाली काँग्रेसको तत्कालिन पुरञ्चौर गाविस समितिको सभापति समेत थिए । पोखरा महानगरमा गाविस गाभिएपछि उनी पोखरा वडा नं. १९ का सह–संयोजक भएका थिए। बास्तोलालाई पार्टीको स्थानीय समितिले नै कारबाही गरेर जिम्मेवारीमुक्त पारेको काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बताए।

‘उहाँ काँग्रेसको कार्यकर्ता होइन, सभापति केसीको अनुसार, ‘उहाँले पार्टीभित्र पनि भाँडभैलो गर्ने र जे मन लाग्यो त्यही बोल्ने गरेपछि कारबाही गरिसकेको छ।’बास्तोलाले काँग्रेस कास्कीकै सभापति केसी सहभागी भएको कार्यक्रम भाँड्न खोजेको र जे पायो त्यही बोलेको भन्दै दुई महिना अघि नै कांग्रेसले कारबाही गरेको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...