News Portal

  • आन्दोलनमा उत्रिए ट्याक्सी व्यवसायी, मारमा परेको भन्दै ऋण मिनाहको माग

    रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने,कालोमा मात्र सर्ने?

    हिमाली संचार संवाददाता
    ३४३ पटक
    २०७७ आषाढ़ १६, मंगलवार

    काठमाण्डौ । लकडाउनको समयमा ट्याक्सी व्यवसायीहरू मारमा परेको भन्दै सडकमा उत्रिएका छन् । मंगलबार ठूलो संख्यामा ट्याक्सी व्यवसायीहरूले काम गर्न दिनु पर्ने, ऋण थपिँदै गएको, कर मिनाह गर्नुपर्ने लगायदका विभिन्न मागहरू राख्दै प्रदर्शनमा निस्किएका हुन्।

    यसैगरी उनीहरूले ‘रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने, कालो नम्बर प्लेटमा मात्रै सर्ने? यो कस्तो रोग हो सरकार?‘,‘भोक लाग्यो सरकार काम गरी खान देऊ’, ‘राज्यको दोस्रो एम्बुलेन्सको दर्जामा रहेको अत्यावश्यक सवारी ट्याक्सी सञ्चालन गर’लगायत प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्। यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक समक्ष उनीहरूले आफ्ना माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।

    ‍’ट्याक्सी चालकहरू ट्याक्सीसहित थुप्रो मात्रामा सडकमावनिस्किएका छन्। उहाँहरूले ऋण मिनाह गर्नुपर्ने, मारमा परेको भन्दै विभाग अगाडी आएका छन् । ,’महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले भने,’ट्याक्सीहरूलाई बाहिर राखेर केहीलाई भित्र जान दिइएको छ।

    ती व्यवसायीहरू उपत्यकाका विभिन्न स्थानबाट प्रदर्शन गरेर मिनभवन पुगेका थिए। सरकारले अहिले निजी सवारी साधन जोर-विजोर प्रणालीबाट चल्न दिएको छ भने ट्याक्सी तथा अन्य सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ। यसरी लकडाउनको नियमविपरीत सञ्चालनमा आएका ट्याक्सी तथा निजी सवारी साधनलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ।

    मंगलबार बिहान ११ बजेसम्म ७ सय २९ दुई पाङग्रे, चार पाङग्रे तथा ट्याक्सीहरूलाई नियन्त्रणमा लिएको छ। त्यसमध्ये तीन सय आठ ट्याक्सी छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले बेलुकी सात बजे पछाडिमात्रै छाड्ने गर्ने गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...