News Portal

कर्णालीको लेखा समितिले माग्यो मुख्यमन्त्री रोजगार कार्यक्रमको हिसाबकिताब

हिमाली संचार संवाददाता
४७६ पटक

२०७७ असार १६, मंगलबार
सुर्खेत – कर्णाली प्रदेशको लेखा समितिले मुख्यमन्त्री रोजगार कार्यक्रमको हिसाबकिताब मागेको छ।

समितिको बैठकले मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको हिसाब किताबको पुर्णविवरण तीन दिनभित्र जवाफ पठाउन सरकारलाई निर्देशन दिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आर्थिक वर्षको अन्त्यमा ठूलो रकम अख्तियारी गएको भन्दै यसको पारदर्शीताबारे लेखा समितिले सरकारसँग जवाफ मागेको हो।

समितिले तीन दिनभित्र कार्यक्रमका लागि कहाँ कति बजेट अख्तियारी दिइएको समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले बताउनुभयो।

उहाँले झण्डै ४० करोड रूपैयाँ गाउँमा गएको सुनिएको भन्दै आर्थिक वर्षको अन्त्यमा ठूला भौतिक संरचना निर्माण गर्न सम्भव नभएको जिकिर गर्नुभयो।

यस्तो बेला ठूलो रकम अख्तियारी दिँइदा बजेट सदुपयोग हुनेमा शंका उब्जिएको अध्यक्ष श्रेष्ठको भनाई छ।

उहाँले मुख्यमन्त्री रोजगार कार्यक्रमको पूर्ण विवरणसहितको जवाफ पठाउन सरकारलाई निर्देशन गरिएको बताउनुभयो।

मुख्यमन्त्री कार्यालयले आर्थिक वर्षको अन्त्यतिर मुख्यमन्त्रीको नाम जोडिएका दुईवटा कार्यक्रमको ४० करोड रूपैयाँ स्थानीय तहमा निकासा गरेको छ।

असार ९ र १० गते मुख्यमन्त्री रोजगार कार्यक्रमको ३० करोड र मुख्यमन्त्री दलित महिला आय–आर्जन कार्यक्रमको १० करोड रूपैयाँ स्थानीय तहलाई बाँडफाँट गर्दै निकासा गरिएको हो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...