News Portal

धरानका मेयर राईले खानेपानी मुहानको अनुगमन गरे

हिमाली संचार संवाददाता
३६७ पटक
२०७७ आषाढ १५, सोमवार

धरान  धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईले धरान फुस्रेमा रहेको र्यापिड स्ट्यान्ड फिल्टर र सर्दु खोलाको मुहानको अनुगमन गरेका छन् ।

धरानवासीको धारामा धमिलो र लेदो पानी आउने गरेको र खानेपानी अनियमित तरिकाले वितरण गरिएको भन्नेबारेमा गुनासो आएपछि मेयर राईले खानेपानी मुहान अनुगमन गरेका हुन् ।

धरान-१३ फुस्रेस्थित र्यापिड स्ट्यान्ड फिल्टरबाट अव देखि पानी फिल्टर गरेर मात्रै वितरण गर्ने निर्देशन दिएका छन् । खोलामा पानीको स्रोतको अवस्था कस्तो छ भन्ने बारेमा मेयर राईले अनुगमन गरेका हुन। 

एकीकृत शहरी विकास आयोजना अन्तर्गत निर्माण भएको र्यापीड स्ट्यान्ड फिल्टरमा पानी सुद्धिकरण गरेर मात्रै पानी उपभोक्तालाई वितरण, समानरुपमा पानी वितरण गर्न नेपाल खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ र धरान खानेपानी परियोजनाका आयोजना प्रमुख राजु पोख्रेललाई मेयर राईले निर्देशन दिएका छन् ।

सर्दु र खर्दु खोलाको खानेपानीको मुहान र सेडिमेन्टेनसन टङ्कीको अवलोकन गर्न पुगेका मेयर राईले अबको केही दिनमै धरानमा शुद्ध खानेपानी वितरण हुने बताए । सर्दु र खर्दु खोलामा पानी बढेकोले अव केही दिन देखि दिन बिराएर वितरण हुँदै आएको खानेपानी नियमित वितरण गर्ने तयारी भइरहेको पनि नेपाल खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अव संस्थान खानेपानी बोर्डमा मर्ज भएपछि धरानमा खानेपानी सहजरुपमा उपभोक्ताको धारामा पुग्ने र सुद्धिकरण गरिएको पानी पुग्नेछ ।

धरानका मेयर राई सहितको अनुगमन टोलीले धरान १३ फुस्रेमा निर्माण भएको र्यापिड स्ट्यान्ड फिल्टर, सर्दु मुहानबाट आएको सेडिमेन्टेन्सन् र रिजर्भ टङ्की, सर्दु खोलाको खानेपानीको मुहान र खर्दु खोलाको सेडिमेन्टेन्सन् र रिजर्भ टङ्कीको अनुगमन गरेको थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...