News Portal

धरानका मेयर राईले खानेपानी मुहानको अनुगमन गरे

हिमाली संचार संवाददाता
३५० पटक
२०७७ आषाढ १५, सोमवार

धरान  धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईले धरान फुस्रेमा रहेको र्यापिड स्ट्यान्ड फिल्टर र सर्दु खोलाको मुहानको अनुगमन गरेका छन् ।

धरानवासीको धारामा धमिलो र लेदो पानी आउने गरेको र खानेपानी अनियमित तरिकाले वितरण गरिएको भन्नेबारेमा गुनासो आएपछि मेयर राईले खानेपानी मुहान अनुगमन गरेका हुन् ।

धरान-१३ फुस्रेस्थित र्यापिड स्ट्यान्ड फिल्टरबाट अव देखि पानी फिल्टर गरेर मात्रै वितरण गर्ने निर्देशन दिएका छन् । खोलामा पानीको स्रोतको अवस्था कस्तो छ भन्ने बारेमा मेयर राईले अनुगमन गरेका हुन। 

एकीकृत शहरी विकास आयोजना अन्तर्गत निर्माण भएको र्यापीड स्ट्यान्ड फिल्टरमा पानी सुद्धिकरण गरेर मात्रै पानी उपभोक्तालाई वितरण, समानरुपमा पानी वितरण गर्न नेपाल खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ र धरान खानेपानी परियोजनाका आयोजना प्रमुख राजु पोख्रेललाई मेयर राईले निर्देशन दिएका छन् ।

सर्दु र खर्दु खोलाको खानेपानीको मुहान र सेडिमेन्टेनसन टङ्कीको अवलोकन गर्न पुगेका मेयर राईले अबको केही दिनमै धरानमा शुद्ध खानेपानी वितरण हुने बताए । सर्दु र खर्दु खोलामा पानी बढेकोले अव केही दिन देखि दिन बिराएर वितरण हुँदै आएको खानेपानी नियमित वितरण गर्ने तयारी भइरहेको पनि नेपाल खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अव संस्थान खानेपानी बोर्डमा मर्ज भएपछि धरानमा खानेपानी सहजरुपमा उपभोक्ताको धारामा पुग्ने र सुद्धिकरण गरिएको पानी पुग्नेछ ।

धरानका मेयर राई सहितको अनुगमन टोलीले धरान १३ फुस्रेमा निर्माण भएको र्यापिड स्ट्यान्ड फिल्टर, सर्दु मुहानबाट आएको सेडिमेन्टेन्सन् र रिजर्भ टङ्की, सर्दु खोलाको खानेपानीको मुहान र खर्दु खोलाको सेडिमेन्टेन्सन् र रिजर्भ टङ्कीको अनुगमन गरेको थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...