News Portal

ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले मनायो धान दिवस

हिमाली संचार संवाददाता
४९० पटक
२०७७ आषाढ १५, सोमवार

रविन्द्र बराल/मोरङ – राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असार १५ लाई धान दिवसको रुपमा मनाएकाे छ। “मेरो कृषि, मेरो पाैरख“ भन्ने मुल नाराका साथ धान दिवस मनाएको हाे।

रंगेली नगरपालिका-४, स्थित जनता माध्यमिक विधालयको १५ बिघा खेती १० बर्षका लागि लिजमा लिएर विधिवत रुपमा धान खेती शुरु गरेको हाे। 

राष्ट्रिय धान दिवस कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर ५ का सभासद  शिवकुमार मण्डल, विशिष्ट अतिथि रंगेली नगरपालिकाको मेयर दिलिप बगडिया, वडाध्यक्ष, ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड  अध्यक्ष सन्ताेष मंन्डल, संस्थाका सचिव अशाेक मंन्डल, स्थानीय भुमा पराजुली,  डिल्ली दाहाल, डिल्ली घिमिरे, मनाेज शाह, उषा मंन्डल लगायतको समेत उपस्थिति रहेको थियोे। 

कार्यक्रमका प्रमुख अतिथिले भने अहिले बिदेशमा रहने युवाहरुले गाउँमा नै बसेर राम्रो आमदनी गर्ने सक्ने धेरै उदाहरणहरु भएको समेत बताए। यस क्षेत्रमा कृषि पेशामा रहेका कृषकहरुको मार्का बुझेर जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए।

साेही कार्यक्रममा मेयर बगडियाले भने दक्षिणी भेगका किसानहरुले हरेक बर्ष समयमै सिचाइको सुविधा, मल र बिउबिजनको समस्या रहेको भएता पनि अबका दिनमा कृषकहरुलाई सहयोग साथ लिएर कृषिमा अगाडी बड्ने समेत बताए। आज विशिष्ट अतिथि, लगायतले बिधिवत रुपमा धान राेपेर धान दिवस मनाएका हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...