News Portal

ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले मनायो धान दिवस

हिमाली संचार संवाददाता
५२८ पटक
२०७७ आषाढ १५, सोमवार

रविन्द्र बराल/मोरङ – राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असार १५ लाई धान दिवसको रुपमा मनाएकाे छ। “मेरो कृषि, मेरो पाैरख“ भन्ने मुल नाराका साथ धान दिवस मनाएको हाे।

रंगेली नगरपालिका-४, स्थित जनता माध्यमिक विधालयको १५ बिघा खेती १० बर्षका लागि लिजमा लिएर विधिवत रुपमा धान खेती शुरु गरेको हाे। 

राष्ट्रिय धान दिवस कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर ५ का सभासद  शिवकुमार मण्डल, विशिष्ट अतिथि रंगेली नगरपालिकाको मेयर दिलिप बगडिया, वडाध्यक्ष, ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड  अध्यक्ष सन्ताेष मंन्डल, संस्थाका सचिव अशाेक मंन्डल, स्थानीय भुमा पराजुली,  डिल्ली दाहाल, डिल्ली घिमिरे, मनाेज शाह, उषा मंन्डल लगायतको समेत उपस्थिति रहेको थियोे। 

कार्यक्रमका प्रमुख अतिथिले भने अहिले बिदेशमा रहने युवाहरुले गाउँमा नै बसेर राम्रो आमदनी गर्ने सक्ने धेरै उदाहरणहरु भएको समेत बताए। यस क्षेत्रमा कृषि पेशामा रहेका कृषकहरुको मार्का बुझेर जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए।

साेही कार्यक्रममा मेयर बगडियाले भने दक्षिणी भेगका किसानहरुले हरेक बर्ष समयमै सिचाइको सुविधा, मल र बिउबिजनको समस्या रहेको भएता पनि अबका दिनमा कृषकहरुलाई सहयोग साथ लिएर कृषिमा अगाडी बड्ने समेत बताए। आज विशिष्ट अतिथि, लगायतले बिधिवत रुपमा धान राेपेर धान दिवस मनाएका हुन्। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...