२०७७ असार १३, शनिबार
भगीरथ भण्डारी/इलाम – इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितहरुमध्ये ३ जना ओमन र १र१ जना साउदी अरब र भारतबाट नेपाल आएका हुन्।
भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षीय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षीय र २८ बर्षीय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षीय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो।
भारतबाट आएका बाहेक ४ जना कन्यामको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका थिए। उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले बताए।
उनीहरुको ५ दिन अघि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो। आज थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेका छन्।
यसअघि भेटिएका सूर्योदय नगरपालिकाका २ जना संक्रमितले कोरोनालाई जितेर फर्किएपछि नगर उपप्रमुख दुर्गादेवी भट्टराई र वडाध्यक्ष लामाले अबिर र खदा लगाएर बिदाई गरेका छन्।