News Portal

अबदेखि सिमकार्ड किन्न आफैं उपस्थित हुनुपर्ने

हिमाली संचार संवाददाता
३८६ पटक
२०७७ आषाढ १३ शनिवार

काठमाडौं – अबदेखि सिमकार्ड किन्न अनिवार्य रूपमा सक्कली परिचयसहित व्यक्ति स्वयं मोबाइल सेवा प्रदायककहाँ उपस्थित हुनुपर्ने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्डको बिक्री वितरण गर्दा ग्राहक स्वयं उपस्थिति भई सक्कली परिचयपत्र लिएर मात्र दिन मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएकाले यस्ताे व्यवस्था लागु हुने भएकाे हाे।

कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैंकिङ सेवा, इमेल सेवा, फेसबुकलगायतका सामाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरासमेत बढ्ने भएकाले यस्तो व्यवस्था गरिएको हो,’ नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा उल्लेख छ।

त्यस्तै, सिमकार्ड हराएको वा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा पनि ग्राहक स्वयं सक्कली प्रमाणपत्र (नागरिकताको प्रमाणपत्र, मतदाता परिचय, राहदानी) सहित उपस्थित हुनुपर्नेछ।

निरीक्षण तथा जाँचबुझको क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना गरेको नपाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ निर्देशनमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...