News Portal

अबदेखि सिमकार्ड किन्न आफैं उपस्थित हुनुपर्ने

हिमाली संचार संवाददाता
४२४ पटक
२०७७ आषाढ १३ शनिवार

काठमाडौं – अबदेखि सिमकार्ड किन्न अनिवार्य रूपमा सक्कली परिचयसहित व्यक्ति स्वयं मोबाइल सेवा प्रदायककहाँ उपस्थित हुनुपर्ने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्डको बिक्री वितरण गर्दा ग्राहक स्वयं उपस्थिति भई सक्कली परिचयपत्र लिएर मात्र दिन मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएकाले यस्ताे व्यवस्था लागु हुने भएकाे हाे।

कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैंकिङ सेवा, इमेल सेवा, फेसबुकलगायतका सामाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरासमेत बढ्ने भएकाले यस्तो व्यवस्था गरिएको हो,’ नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा उल्लेख छ।

त्यस्तै, सिमकार्ड हराएको वा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा पनि ग्राहक स्वयं सक्कली प्रमाणपत्र (नागरिकताको प्रमाणपत्र, मतदाता परिचय, राहदानी) सहित उपस्थित हुनुपर्नेछ।

निरीक्षण तथा जाँचबुझको क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना गरेको नपाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ निर्देशनमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...