News Portal

भोजपुरको गुराँसेभीर प्रदिप कार्कीको सल्लाहमा अपरेटर कुल बहादुर खड्काले छिचोल्यो

हिमाली संचार संवाददाता
६९८ पटक
२०७७ आसाढ १०, बुधवार

भोजपुर । भोजपुर जिल्ला अन्तरगत अरुण गाउँपालिका वडा नं. २ भित्रपर्ने गुराँसेभीर फोडी कुनाखर्क सिउदीवारी चम्पे हुदै छोटोदुरीबाट प्याउलीसम्मको मुख्य सडक खण्ड जोडने वडा नं.२ अन्तरगत पर्ने गुरासेभीर प्रदीप कार्कीको सल्लाहमा कुलबहादुर खड्काले फोरेपछि बषौ देखिको सपना यो बर्ष पूरा हुने भएको छ।

यस सडकमा बस गुडाउनको लागि प्रदेश सरकारबाट बजेट विनियोजन नभएको भने होइन तर गत बर्ष १ करोड २५ लाखको ठेक्का पाएका उत्तम खड्काले भिर हेरेमात्र छोडिदिएका थिए।

यो बर्षको अन्तिम बजेट प्रदेश सरकारले यही बाटोलाई जिरो पोइन्ट बनाएर हिले भञ्ज्याङ् चम्पे पन्चेडोबाटो कुडुलेघाट शीर्षक बनाएर ७० लाख विनियोजन गरेको छ।

अहिले बनेको समिति संग समय नभएकाले यो काममा चुनौती रहेको छ। उपभोक्तहरुको सुझाव पनि गुराँसेको भिर फोर्नु पर्छ भन्ने नै थियो। आज समितिका सदस्य प्रदीप कार्की र समितिका सचिव गुणाराज राई र अपरेटर कुल बहादुर खड्काको साहसी आटले गुराँसे भिर फोर्न सफल भएको हो।

समितिका सदस्य प्रदिप कार्कीले अपरेटर कुल बहादुर खड्का संग यो भिर कसरी झार्न सकिन्छ? तीन दिन अगाडी देखि छलफल गरेर आज यो काम सम्पन्न गरेका हुन। यो भिर फोर्नेमा समितिका सदस्य प्रदिक कार्की र अपरेटर कुल बहादुर खड्काको मनोवलले गर्दा सम्भव भएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...