News Portal

कुवेतमा म्यादीका राजु किसानको रहस्यमय मृत्यु

हिमाली संचार संवाददाता
९८५ पटक

सेप्टेम्बर ५ , कुवेत – कुवेतमा एक नेपालीको रहस्यमय तबरले मृत्यु भएको छ । रोजगारीको लागि कुवेत आएका म्याग्दीका राजु किसानको गत आईतवार मृत्यु भएको हो । उनी आफ्नै कोठामा मृत फेला परेको बुझिएको छ।

अहिले उनको शव कुवेत प्रहरीको सहयोगमा अनुसन्धान पछि पोस्टमार्टमको लागि अस्पतालमा पठाएको छ । मृत्यु के कसरी भयो भन्ने बारे आधिकारिक रिपोर्ट अहिलेसम्म बाहिर आएको छैन। यद्यपि उनले सुसाईड गरेको हुन् सक्ने आशंका गरिएको छ ।

मृतक राजुको शव कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल पठाउने नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले हिमाली संचार डटकमलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...