News Portal

खोटाङको तापखोलामा पक्की पुल शिलान्यास

हिमाली संचार संवाददाता
४९७ पटक
२०७७ आसाढ ९, सोमवार

खोटाङ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने पुलको शिलान्यास सांसद राजन राईले गत शनिवार गरेका छन् ।

खोटाङ जिल्लाका स्थानीय दुई तहको बीचमा रहेका तापखोलामा शनिबार प्रदेश नम्बर -१ का  सांसद राजन राईले शिलान्यास गरेका हुन् । सदरमुकाम दिक्तेलदेखि  केपिलासगढी गाउँपालिका सम्म पुग्ने छोटो दुरीको सडक खण्डमा पर्ने तापखोलामा प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय, पुर्वाधार विकास कार्यक्रम अन्तरगत मोटरेबल पुल निर्माण गर्न लागिएको हो ।

निर्माण कम्पनी रौता कन्ट्रक्सनले ७ करोड ६१ लाख २४ हजार ५ सय ४३ लागतमा तापखोला पुल निर्माण गर्ने ठेक्का लिएको हो । उक्त पुल २०७८ साल मंसिर ७ गते सम्पन्न गर्न रौता कन्ट्रक्सनले गत जेठ ८ गते पुल निर्माणको सम्झौता गरिसकेका थिए।

पुल शिलान्यास कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिरादेबी वन, राजनैतिक दलका नेता, प्रशासन, सुरक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...