News Portal

वीपी प्रतिष्ठान धरानबाट १३ कोरोना संक्रमित निको भएर घर फर्किए

हिमाली संचार संवाददाता
४३१ पटक
२०७७ आसाढ ८, सोमवार

धरान । धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सोमबार १३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सोमबार स्वास्थ्य प्रोटोकल अनुसार पुन पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आए पछि आज मोरङका १२ जना, झापाका १ जना गरी १३ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार अझै पनि प्रतिष्ठानको आइसोलेसनमा ६५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । सोमबार अस्पतालदेखि डिस्चार्ज भएकाहरू सँग प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किनेको संख्या १ सय २८ पुगेको छ ।

नेपालमा ५ सय ३५ जना नया संक्रमित थपिएसगै देशभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २ हजार १ सय ४८ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा अहिले सम्म २३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...