News Portal

  • कुवेतबाट फर्किएकी एक महिलासहित प्रदेश १ मा थप १५ जना कोरोना संक्रमित

    ४९० पटक
    २०७७ असार ७, आइतबार

    हरि अधिकारी/विराटनगर – प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो।

    संक्रमित हुनेमा सुनसरीको बर्जु र कोसी गाउँपालिकामा १/१ जना, झापाको अर्जुनधाराका ३ जना, कनकाई नगरपालिकाका १ जना र मेचीनगरका २ जना छन्।

    यस्तै उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको छ। मोरङको सुन्दरहरैचा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।

    यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ४८ पुगेको छ। ती मध्ये २ सय ३४ जना उपचार पछि घर फर्किएका छन।

    सुन्दरहरैचाकी संक्रमित महिला कुवेतबाट आएकी थिइन् !

    आइतबार कोरोना संक्रमण पुष्टि भएका मोरङका दुई जना मध्ये एक जना कुवेतबाट आएकी महिला रहेको पाइएको छ।

    सुन्दरहरैचाको क्वारेन्टिनमा बसेका एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो।

    सुन्दरहरैचा नगरपालिका जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार संक्रमित महिला कुवेतबाट आएकी हुन् भने पुरुष भारतबाट आएका हुन्।

    संक्रमित पुरुषलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज क्वारेन्टिन गोठगाउँ र महिलालाई कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा पठाउने उनले बताए। यससँगै मोरङमा कोरोना संक्रमितको संख्या १ सय १८ पुगेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...