News Portal

नेपाली सेनाको हेलीकाप्टरद्वारा सुत्केरी महिलाको उद्धार

हिमाली संचार संवाददाता
४०६ पटक
२०७७ आसाढ ५, शुक्रवार

खोटाङ। खोटाङ जिल्लाको जन्तेढुङाकी २१ वर्षीया तारा राई मगरले बच्चा जन्माएपछि उनको स्वास्थ्यमा प्रतिकूल खरावी उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलीकाप्टरद्वारा  सरकारले निशुल्क उद्धार गरेको छ ।

सुत्केरी महिलाको उपचार खोटाङबजारका स्वास्थ्यकर्मीहरुले अथक प्रयत्न गर्दा सिमित श्रोत र साधनले उपचारमा सम्भव नभएपछि काठमाडौंका लागि रिफर गरेका थिए । सुत्केरी महिलाको बिहान सबेरै देखि प्रयास गरेको भए पनी अपरान्ह मात्र सफलता मिलेको जानकारी प्रतिनिधि सभाका सदस्य सांसद विशाल भट्टराईले जानकारी दिएका छन् । 

सांसद भट्टराईको अनुसार उनको अहिले प्रसुति गृह, थापाथलीमा उपचार भइरहेको छ। आज बिलम्ब भएको भए सुत्केरी महिलाको स्वास्थ्य खतरा हुने रहेछ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलोकप्टरद्वारा सरकारले निशुल्क उद्धार गरेको पनि सांसद भट्टराईले जानकारी दिएका हुन । सांसद भट्टराईले यो पबित्र र महान कामका लागि योगदान गर्नुहुने सबैलाई हार्दिक आभार समेत व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...