News Portal

नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

हिमाली संचार संवाददाता
५४४ पटक
२०७७ असार ४, बिहीबार

काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६ सय ७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए।

योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्केका छन्।

योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ जना पुगेको छ। जसमा १ हजार ७२ पुरुष १ सय १४ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै नेपालमा कोरोना संक्रमण देखिएका २२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...