News Portal

नेपालमा अत्यधिक नया कोरोना संक्रमित थपियो, उच्च जोखिम

हिमाली संचार संवाददाता
४०५ पटक
२०७७ आसाढ ३, बुधवार

काठमाण्डौ । नेपालमा बुधवार ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । नया संख्या थपिए संगै नेपालमा  कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नयाँ थपिएका संक्रमितमा ५ सय ४६ जना पुरुष र ४० जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा २ सय जना संक्रमित थपिएका छन् । यस्तै, रौतहटका १ सय २७ जना, प्युठानका ३८ जना, बर्दियाका ३१ जना, गुल्मी र धनुषाका २६ / २६ जना, सल्यानका २५ जना नवलपुरका १७ जना, कालिकोटका १४ जना, अर्घाखाँचीका १२ जना र कपिलवस्तुका १० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

त्यस्तै पुर्वको मोरङका ९ जना, दाङका ८ जना, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६ जना, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २-२ जना तथा सिराहा, कैलाली र बाँकेका १-१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...