News Portal

महामारी नियन्त्रणमा निष्क्रिय रहेको भन्दै मुख्यमन्त्रीबिरुद्ध लेखेका भूगर्भविद लुइँटेल पक्राउ

हिमाली संचार संवाददाता
४६९ पटक
२०७७ असार २, मंगलबार

काठमाडौं – वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै मकवानपुर प्रहरीले भूगर्भविद प्रकाश लुइँटेललाई पक्राउ गरेको छ।

मुख्यमन्त्री पौडेलको ठाडो निर्देशनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले भुगर्भविद लुइँटेललाई सोमबार पक्राउ गरेको हो।

पाल्पा घर भइ हाल काठमाडौं बस्दै आएका लुइँटेल राष्ट्रिय गौरवको आयोजना काठमाडौं-निजगढ द्रुत मार्ग (फास्ट ट्र्याक) मातहत मकवानपुरको कोलखोप अन्तर्गत टनेल क्षेत्रमा कार्यरत थिए।

उनले जेठ २२ गते मुख्यमन्त्री पौडेलले कोरोना महामारी रोकथामका लागि सामान्य वक्तव्यसम्म ननिकालेको भन्दै संघियताको औचित्य नभएको फेसबुकमा लेखेका थिए।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...