News Portal

प्रदेश एकभरी जोर बिजोर प्रणाली लागू, मोटरसाइकलमा दुई जना चढन नपाइने

हिमाली संचार संवाददाता
४९७ पटक
२०७७ आसाढ २, मंगलवार

विराटनगर । प्रदेश-१ सरकारले लकडाउनलाई सहज बनाउँदै बजार पसल खुलेसंगै सवारी साधनको चाप पनि बढेकाले प्रदेश नं. १ भरी सवारी साधनको चापलाई नियंत्रण गर्नकालागि जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।

प्रदेश-१ सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश-१ भरी असार १ गते देखि निजी तथा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल, स्कुटर र सबै निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु हुने प्रदेश नं. १ का ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीम बहादुर दाहालले जानकारी दिएका छन् । जोरबिजोर  प्रणाली १ गते बिजोर नम्बर, २ गते जोर नम्बर र ३ गते बिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिइने बताइएको हो ।

असार १ गते पहिलो दिन सबैलाई जोरबिजोर नम्बरको बारेमा सम्झाइएको र मोटरसाइकल र स्कुटरमा १ जना चालक मात्रै हिडन पाउने सरकारको निर्णयको बारेमा जानकारी दिएका छन् । आसाढ २ गते मङ्गलवार देखि भने कडाइ गरिने एसपी दाहालले बताएका छन् । निजी सवारी साधनहरूमा चालक सहित ३ जना भन्दा चढ्न नपाइने भएको छ ।

त्यस्तै, गरेर एक जिल्लाबाट अर्को जिल्लाको यात्रा गर्दा अनिवार्य सवारी पास हुनुपर्ने छ । असार १ गते सोमबार प्रदेश १ भरीका सवारी चालकहरूलाई मन्त्रिपरिषद्को निर्णयको बारेमा पहिलो दिन जानकारी गराएको र दोस्रो दिन यसलाई लागू गराउन प्रदेश नं. १ को विभिन्न १ सय ३१ स्थानमा कडाइका साथ चेकजाँच हुने, प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी दाहालले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...