News Portal

प्रदेश एकभरी जोर बिजोर प्रणाली लागू, मोटरसाइकलमा दुई जना चढन नपाइने

हिमाली संचार संवाददाता
४५३ पटक
२०७७ आसाढ २, मंगलवार

विराटनगर । प्रदेश-१ सरकारले लकडाउनलाई सहज बनाउँदै बजार पसल खुलेसंगै सवारी साधनको चाप पनि बढेकाले प्रदेश नं. १ भरी सवारी साधनको चापलाई नियंत्रण गर्नकालागि जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।

प्रदेश-१ सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश-१ भरी असार १ गते देखि निजी तथा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल, स्कुटर र सबै निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु हुने प्रदेश नं. १ का ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीम बहादुर दाहालले जानकारी दिएका छन् । जोरबिजोर  प्रणाली १ गते बिजोर नम्बर, २ गते जोर नम्बर र ३ गते बिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिइने बताइएको हो ।

असार १ गते पहिलो दिन सबैलाई जोरबिजोर नम्बरको बारेमा सम्झाइएको र मोटरसाइकल र स्कुटरमा १ जना चालक मात्रै हिडन पाउने सरकारको निर्णयको बारेमा जानकारी दिएका छन् । आसाढ २ गते मङ्गलवार देखि भने कडाइ गरिने एसपी दाहालले बताएका छन् । निजी सवारी साधनहरूमा चालक सहित ३ जना भन्दा चढ्न नपाइने भएको छ ।

त्यस्तै, गरेर एक जिल्लाबाट अर्को जिल्लाको यात्रा गर्दा अनिवार्य सवारी पास हुनुपर्ने छ । असार १ गते सोमबार प्रदेश १ भरीका सवारी चालकहरूलाई मन्त्रिपरिषद्को निर्णयको बारेमा पहिलो दिन जानकारी गराएको र दोस्रो दिन यसलाई लागू गराउन प्रदेश नं. १ को विभिन्न १ सय ३१ स्थानमा कडाइका साथ चेकजाँच हुने, प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी दाहालले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...