News Portal

प्रदेश एक सरकारले पर्यटन प्रवर्द्धन क्षेत्रमा विशेष जोड

हिमाली संचार संवाददाता
३०० पटक
२०७७ आसाढ २, मंगलवार

धरान – प्रदेश एकका सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ सालको लागि पर्यटन क्षेत्रको प्रर्वद्धन र पुर्वाधार विकास गर्न १ अर्ब १९ करोड १० लाख बजेट विनियोजन गरेको छ।

कोभिड-१९ को महामारीले गर्दा थला परेको पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र पुर्वाधारको लागि प्रदेश सरकारले यो बजेट ल्याएको हो।

प्रदेश सभामा प्रस्तुत बजेटमा आर्थिक समृद्धिको आधार, पर्यापर्यटन, उद्योग र व्यापार भन्ने अवधारणा अनुरुप प्रत्येक जिल्लाको पर्यटकीय गुरुयोजना निर्माण र महत्वपुर्ण पर्यटकीय गन्तव्यहरुको पुर्वाधार विकास गरिने उल्लेख छ।

स्थानीय तहसँगको समेत सहभागितामा ग्रामिण विकासको लागि पदमार्ग पर्यटनको विस्तृत परियोजना तयार गरेर कार्यान्वयन शुरु गरिनेछ। यसको शुरुवात मुन्धुम ट्रेलको निर्माणबाट गरिने पनि बजेटमा उल्लेख छ।

यस्तै, ऐतिहासिक एवम् पुरातात्विक दरवारहरु विजयपुर, चौदण्डीगढी, हतुवागढी, हिलिहांग, विराटदरवार र किचकबधको संरक्षण र आवश्यक पूर्वाधारको निर्माणको लागि बजेटमा व्यवस्था गरिएको छ।

धार्मिक पर्यटकीय क्षेत्रहरु हलेसी, वराहक्षेत्र, टेम्के, मांङसेवुंङ, सिलौटी, लब्रेकुट्टी र पाथिभरा क्षेत्रहरुको संरक्षण, सम्बर्दन र आवश्यक पूर्वाधार निर्माण गर्न पनि आवश्यक बजेटको व्यवस्था गरेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...