News Portal

प्रदेश एक सरकारले पर्यटन प्रवर्द्धन क्षेत्रमा विशेष जोड

हिमाली संचार संवाददाता
३२४ पटक
२०७७ आसाढ २, मंगलवार

धरान – प्रदेश एकका सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ सालको लागि पर्यटन क्षेत्रको प्रर्वद्धन र पुर्वाधार विकास गर्न १ अर्ब १९ करोड १० लाख बजेट विनियोजन गरेको छ।

कोभिड-१९ को महामारीले गर्दा थला परेको पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र पुर्वाधारको लागि प्रदेश सरकारले यो बजेट ल्याएको हो।

प्रदेश सभामा प्रस्तुत बजेटमा आर्थिक समृद्धिको आधार, पर्यापर्यटन, उद्योग र व्यापार भन्ने अवधारणा अनुरुप प्रत्येक जिल्लाको पर्यटकीय गुरुयोजना निर्माण र महत्वपुर्ण पर्यटकीय गन्तव्यहरुको पुर्वाधार विकास गरिने उल्लेख छ।

स्थानीय तहसँगको समेत सहभागितामा ग्रामिण विकासको लागि पदमार्ग पर्यटनको विस्तृत परियोजना तयार गरेर कार्यान्वयन शुरु गरिनेछ। यसको शुरुवात मुन्धुम ट्रेलको निर्माणबाट गरिने पनि बजेटमा उल्लेख छ।

यस्तै, ऐतिहासिक एवम् पुरातात्विक दरवारहरु विजयपुर, चौदण्डीगढी, हतुवागढी, हिलिहांग, विराटदरवार र किचकबधको संरक्षण र आवश्यक पूर्वाधारको निर्माणको लागि बजेटमा व्यवस्था गरिएको छ।

धार्मिक पर्यटकीय क्षेत्रहरु हलेसी, वराहक्षेत्र, टेम्के, मांङसेवुंङ, सिलौटी, लब्रेकुट्टी र पाथिभरा क्षेत्रहरुको संरक्षण, सम्बर्दन र आवश्यक पूर्वाधार निर्माण गर्न पनि आवश्यक बजेटको व्यवस्था गरेको छ। 

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...