आज : २०२६-०६-२८, आइतबार

प्रदेश सरकारले धरानलाई खेलकूद ग्राम बनाउने

धरान।धरान उपमहानगरपालिका धरानलाई प्रदेश सरकारले खेलकूद ग्राम बनाउने गरी प्रदेश नं. १ का प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गरेको छ ।

धरान उपमहानगरपालिका धरानलाई प्रदेश नं. १ को खेलकूद ग्रामको रुपमा विकास गर्नका आवश्यक खेलकूदका लागि आवश्यक पूर्वाधार निर्माण, भौेतिक संरचना निर्माण र खेल विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले बजेट भाषणका क्रममा यस्तो जानकारी गराएका हुन । गत आर्थिक बर्ष पनि धरानलाई खेलकुद ग्राम बनाउन ५ करोड बजेट विनियोजन गरिएको थियो ।