News Portal

भोजपुरको अरुण गाउँपालिकामा जनता समाजबादी पार्टी पुर्नगठन, अध्यक्षमा राजकुमार राई

हिमाली संचार संवाददाता
७८४ पटक
२०७७ आषाढ १, सोमवार

भोजपुर – भोजपुर जिल्ला अरुण गाउँपालिका जेठ ३१ गते जनता समाजबादीको पार्टीको गाउँपालिका स्तरको भेलाले जनता समाजबादीको पार्टी पुर्न गठन गरेको छ।

भेलाका अध्यक्ष निरकुमार राईको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि जसपा केन्द्रिय सदस्य गोपाल राई, संधीयपरिषद सदस्य मणि राई, जिल्ला समिति उपाध्यक्ष रमेश खत्री, जिल्ला सदस्य बन्दना छाङ्छा राई, जिल्ला सदस्य नारायण राई, विद्यार्थी सगठका नेताहरुको उपस्थितिमा पुन: गाउँपालिका स्तरको संगठन राजकुमार नुमिहाङ्ग बान्तावा राइको अध्यक्षतामा ३१ सदस्य कार्य समिति गठन गरेको हो।

जसपा केन्द्रिय सदस्य गोपाल राईले बर्तमान राजनीतिको बारेमा बोल्नुहुदै माननीय सरिता गिरीले गलत बोल्नुभएको हो, त्यसमा पार्टीले कारबाही गर्छ तर हिजो भूमि ब्याबस्था मन्त्री पदमा अर्यालले लिपुलेक, कालापानी नेपालको नक्सा नरहेको भन्दै दिएको अभिव्यक्ति कुनै एक्सन बिना हराए गयो कुरो यता पनि जान्छ भन्नुभयो।

संधीय परिषद सदस्य मणि राइले हाम्रो मुद्दा हाम्रो सिद्धान्त जनताले प्रष्ट हुन्छ अहिलेसम्म राजनीति गरिरहेका राजनेताहरुले भ्रम सृजना गरिरहेको बताएका थिए।

नेपाली समाज कोरियाको निबर्तमान कोषअध्यक्ष जिल्ला समिति सदस्य बन्दना छान्छा राईले हाम्रो देशमा स्वरोजगार कसरी बनाउन सकिन्छ भन्दै कोरियाको केही उदाहरण दिएका थिए। हाम्रो देश अहिलेसम्म कसले बन्दक बनाएको भन्ने कुरा प्रस्ट राखेका थिए। पहिला यो बादलाई बिहिन देश बनाउनुपर्छ उहाको भनाई थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...