News Portal

भोजपुरको अरुण गाउँपालिकामा जनता समाजबादी पार्टी पुर्नगठन, अध्यक्षमा राजकुमार राई

हिमाली संचार संवाददाता
७२६ पटक
२०७७ आषाढ १, सोमवार

भोजपुर – भोजपुर जिल्ला अरुण गाउँपालिका जेठ ३१ गते जनता समाजबादीको पार्टीको गाउँपालिका स्तरको भेलाले जनता समाजबादीको पार्टी पुर्न गठन गरेको छ।

भेलाका अध्यक्ष निरकुमार राईको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि जसपा केन्द्रिय सदस्य गोपाल राई, संधीयपरिषद सदस्य मणि राई, जिल्ला समिति उपाध्यक्ष रमेश खत्री, जिल्ला सदस्य बन्दना छाङ्छा राई, जिल्ला सदस्य नारायण राई, विद्यार्थी सगठका नेताहरुको उपस्थितिमा पुन: गाउँपालिका स्तरको संगठन राजकुमार नुमिहाङ्ग बान्तावा राइको अध्यक्षतामा ३१ सदस्य कार्य समिति गठन गरेको हो।

जसपा केन्द्रिय सदस्य गोपाल राईले बर्तमान राजनीतिको बारेमा बोल्नुहुदै माननीय सरिता गिरीले गलत बोल्नुभएको हो, त्यसमा पार्टीले कारबाही गर्छ तर हिजो भूमि ब्याबस्था मन्त्री पदमा अर्यालले लिपुलेक, कालापानी नेपालको नक्सा नरहेको भन्दै दिएको अभिव्यक्ति कुनै एक्सन बिना हराए गयो कुरो यता पनि जान्छ भन्नुभयो।

संधीय परिषद सदस्य मणि राइले हाम्रो मुद्दा हाम्रो सिद्धान्त जनताले प्रष्ट हुन्छ अहिलेसम्म राजनीति गरिरहेका राजनेताहरुले भ्रम सृजना गरिरहेको बताएका थिए।

नेपाली समाज कोरियाको निबर्तमान कोषअध्यक्ष जिल्ला समिति सदस्य बन्दना छान्छा राईले हाम्रो देशमा स्वरोजगार कसरी बनाउन सकिन्छ भन्दै कोरियाको केही उदाहरण दिएका थिए। हाम्रो देश अहिलेसम्म कसले बन्दक बनाएको भन्ने कुरा प्रस्ट राखेका थिए। पहिला यो बादलाई बिहिन देश बनाउनुपर्छ उहाको भनाई थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...