News Portal

सुर्खेतमा वन फडानी बढ्दै, डिभिजन वन कार्यालयका प्रमुखको कार्य क्षमता माथी प्रश्न

हिमाली संचार संवाददाता
७५० पटक
२०७७ आषाढ १, सोमवार

सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भएको पाईएको छ।

डिभिजन वन कार्यालय सुर्खेतको अनुगमन टोलीले निरक्षण गर्दा वन फडानी भएको विभिन्न प्रजातिका रुखहरु कटानी भएको पाईएको कार्यालयले बताएको छ।

सबै भन्दा धेरै जंगल फडानी जनजागृति मावि देखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला क्षेत्रमा छपान रद्ध भएका २६, ३१ र ३८ नम्बरका सालका रुख सहित अन्य सानाठुला जामुन, तिजु असना जातका रुखहरु कटानि भएका छन।

यस्तै दमारे विधालयहुदै कुनाथरी जाने भित्र सडकको छेउछाउमा जंगल फडानी गरी वन अतिक्रमण भइरहेको छ। अहिले त्यसक्षेत्रमा डोजर प्रयोग गरेर वन अतिक्रमण गर्दै घरटहराहरु निर्माण गरिएको स्थानियहरुले बताएका छन।

यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहलले जनकल्याण सामुदायिक वन ऎन नियम विपरीत रुखहरु कटाई गर्ने र जग्गा अतिक्रमण गरेको पाईएको बताउनुभयो।

उहाँले यस विषयमा आवश्यक अनुसन्धान भर्इरहेको भन्दै दोषिलाई कारवाही गर्ने बताउनुभयो।

स्मरण रहोस डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख दाहल सुर्खेत आएदेखि वनमा फडानी,अबैद काठ ओसारपसार भइरहेको छ।

यस्तै जंगमा वन्यजन्तुहरुको तस्करी समेत बढेको छ भने राष्ट्रिय संरक्षित एक मात्र वन र विश्व सम्पदा सुचिमा रहेको काँक्रेविहार समेत जंगली जनावरको जराएको अवैध शिकार भइरहेको छ।

काँक्रेविहारको प्रवेशद्धार वनको चेक पोईट वनका सुरक्षाकर्मीको अगाडी मसालका बुटाहरु आरा लगाई कटानी भएको छ।

यस्तै काँक्रेविहारको पिकनिक स्पट नजिक दुङगा उत्खन गरेर ५० वटा भन्दा बढि सालका हरियो रुखहरु कटानि गरिएको छ भने विधि प्रकृया विपरित गैरसरकारी संस्थालाई काँक्रेविहारको भग्नाबश्यस मन्दिर नजिक फडानी गरेर पक्की शौचालय बनाउन दिने काम समेत भएको छ।

यस्तै घन्टाघरको पश्चिमतर्फको खाली जमिन दिनेश स्मृति प्रतिस्ठानका नाममा स्वयम डिभिजन वन कार्यलय सुर्खेत समेत सदस्य रहेको नगर विकास समितिको जग्गामा अबैरुपमा बन्न लागेको पार्कलाई सरकारी नियम कानुन विपरित ९ लाख रुपैया पेश्कि दिएर काम शुचारु गराएको पाईएको छ।

हाल स्थानिय नागरिकले विरोध गरेपछि त्योकाम रोकिएको छ। डिभिजन प्रमुखका यस्ता विभिन्न कामले गर्दा उहाँको काम र क्षमता प्रतिमाथी प्रश्न चिन्न उठेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...