News Portal

कोरोना संक्रमित र प्रहरीबीच झडप, चार जना घाइते

हिमाली संचार संवाददाता
४७४ पटक
२०७७ जेठ ३१, शनिवार

दैलेख – दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन्। बजारको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्‍वारेन्टाइमै कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ।

दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनमै रहेका ४३ कोरोना संक्रमित आन्दोलित बनेका हुन्। क्‍वारेन्टाइनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो।

स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए। प्रहरीको कुटाइबाट चार जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार उनीहरुले विभिन्न बहानामा आइसोलेसन र क्वारेन्टिनमा रहेकाहरु दैनिकजसो आन्दोलन गर्ने गरेको बताए।

पीसीआर परीक्षण रिपोर्ट ढिलो आएको भन्दै आन्दोलन सुरु गरेको उनले बताए। ‘घर जान पाउनु पर्छ भन्दै विद्यालयको गेट फोडेर नाराबाजी गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो,’ उनले भने, ‘समूहमा भएका उदन्ड व्यक्तिहरुलाई अर्को विद्यालयमा स्थानान्तरण गरेका छौं।’

यस्तै डुङ्गेश्वर गाउँपालिकाका कोरोना संक्रमितहरु आन्दोलनमा उत्रिएका छन्। खानपिन, बस्ने ठाउँ, शौचालय र पानीको असुविधा भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुले क्वारेन्टाइनमा राम्रो व्यवस्था नगरेको भन्दै राखिएको विद्यालयबाट निस्केर घर जान लागेपछि प्रहरीले पुन: क्वारेन्टाइनमा फर्काएको छ।

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...