News Portal

कोरोना संक्रमित र प्रहरीबीच झडप, चार जना घाइते

हिमाली संचार संवाददाता
५१४ पटक
२०७७ जेठ ३१, शनिवार

दैलेख – दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन्। बजारको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्‍वारेन्टाइमै कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ।

दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनमै रहेका ४३ कोरोना संक्रमित आन्दोलित बनेका हुन्। क्‍वारेन्टाइनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो।

स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए। प्रहरीको कुटाइबाट चार जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार उनीहरुले विभिन्न बहानामा आइसोलेसन र क्वारेन्टिनमा रहेकाहरु दैनिकजसो आन्दोलन गर्ने गरेको बताए।

पीसीआर परीक्षण रिपोर्ट ढिलो आएको भन्दै आन्दोलन सुरु गरेको उनले बताए। ‘घर जान पाउनु पर्छ भन्दै विद्यालयको गेट फोडेर नाराबाजी गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो,’ उनले भने, ‘समूहमा भएका उदन्ड व्यक्तिहरुलाई अर्को विद्यालयमा स्थानान्तरण गरेका छौं।’

यस्तै डुङ्गेश्वर गाउँपालिकाका कोरोना संक्रमितहरु आन्दोलनमा उत्रिएका छन्। खानपिन, बस्ने ठाउँ, शौचालय र पानीको असुविधा भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुले क्वारेन्टाइनमा राम्रो व्यवस्था नगरेको भन्दै राखिएको विद्यालयबाट निस्केर घर जान लागेपछि प्रहरीले पुन: क्वारेन्टाइनमा फर्काएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...