News Portal

सरकारविरोधी प्रदर्शनमा युवाहरुको समर्थन

हिमाली संचार संवाददाता
५०२ पटक
२०७७ जेठ ३० शुक्रबार

काठमाडौ  – विवेकशील नेपालीले जारी युवाहरुको सरकारविरोधी प्रदर्शनमा आफ्नो समर्थन रहेको जनाएको छ। पार्टीकी उपाध्यक्ष अजीता राईले एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर-जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचारविरुद्ध आम नागरिकको आक्रोश तथा प्रश्न सडक प्रदर्शनमा देखिएको बताएकी छन्।

उनले यो आन्दोलनलाई गैरदलीय अभियान भन्दै यसमा आफ्नो दलका सदस्यहरु आम नागरिकका रुपमा मात्र सहभागी भएको पनि बताएकी छन्।

‘हामी भौतिक दूरीसहित भइरहेको सम्पूर्ण शान्तिपूर्ण अभियानहरू अनि स्वतःस्फूर्त रूपमा आएका कोरोना रोकथाम अनि नियन्त्रणसँग सम्बन्धित मागहरूप्रति समर्थन जनाउन चाहन्छौं,’ वक्तव्यमा भनिएको छ, ‘सम्पूर्ण अभियन्ता साथीहरूलाई यस्ता अभियानमा एक आपसबीच भौतिक दूरी कायम गर्न, मास्क लगाउन, स्यानिटाईजर प्रयोग गर्न, साबुन पानीले हात धुन अनि सम्पूर्ण सुरक्षाका सावधानी अपनाउन अनुरोध गर्दछौं।’

अभियानमा उठेका मागहरू सम्बोधन गर्न छाडेर अभियानलाई दबाउने, बल प्रयोग गर्ने वा जरिवाना गराउने वा जेल हाल्ने धम्की दिनेजस्ता रवैयाले समस्याको समाधान दिन नसक्ने चेत पनि सरकारमा बस्नेहरुमा शीघ्र पलाओस् भन्ने कामना वक्तव्यमा गरिएको छ।

यस्तै, विवेकशीलले उच्चस्तरीय कोरोना रोकथाम समितिलाई अबिलम्ब भंग गरी विज्ञहरू सहितको नयाँ टोली गठन गरियोस् र स्वास्थ सामाग्री खरिद तथा विदेशबाट नेपाली फर्काउने काममा भ्रष्टाचारको आरोप लागेका जिम्मेवार पदाधिकारीहरुलाई तुरुन्तै कारबाहीको दायरामा ल्याइयोस् भन्ने माग पनि गरेको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...