News Portal

  • हलेसीमा तीन चुला प्रतिस्थापन गर्ने, परिसर भित्र साकेलाथान पनि निर्माण

    हिमाली संचार संवाददाता
    ४३४ पटक
    २०७७ जेठ ३०, शुक्रवार

    काठमाण्डौ – खोटाङ जिल्ला हलेसी महादेव गुफा परिसरमा किरात समुदायका महत्वपूर्ण मानिएका तीन चुला प्रतिस्थापन गर्ने, हलेसी गुफा परिसरभित्र साकेलाथान निर्माण गर्ने भएको छ। 

    हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ सालको नगरसभामा खोटाङका हलेसी गुफामा तीन चुला निर्माण गर्ने निर्णय गरेको हो। हलेसी महादेवस्थान विकास समिति कार्यालयमा बुधबार बसेको बैठकले तत्काल काम समेत थाल्ने निर्णय गरेका छन्। हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिएका छन्।

    ‘त्रिधार्मिक तपोःभूमि हलेसीले सार्थकता पाउँदै छ,’ नगरप्रमुख राईले खुसी व्यक्त गरे, ‘त्रिधार्मिक स्थल भनिएको खोटाङ स्थित हलेसीमा हलेसी मन्दिर छ। हलेसीमा किरात राई समुदायको तीन चुला निर्माण तथा प्रतिस्थापन भएपछि साँच्चिकै त्रिधार्मिकले पूर्णता पाउने भएको हो।’

    कोरोना भाइरसका कारण मुलुकमा बन्दाबन्दी भए पनि प्रतिस्थापनको काम तत्काल थालिने हलेसी तुवाचुङ नगरपालिका-७, महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताएका छन्। हलेसी महादेव मन्दिर व्यवस्थापन समितिसँग भएको भेटीघाटी सदुपयोग गर्दै काम शुरु गर्ने भएको हो।

    हलेसी गुफा प्रवेशद्वारको देब्रेपट्टि रहेको गणेश मन्दिर परिसरमा रहेका होमादी घर, कुटी समेत फराकिलो बनाउने भएको छ। हलेसी महादेव परिसरमा साकेलाथान समेत बनाउने वडाध्यक्ष राईले जानकारी दिएका छन्।

    किरात समुदाय भित्रको महत्वपूर्ण साझा विशेषता भनेकै तीन चुला हो। हलेसी गुफाभित्र तीन चुला प्रतिस्थापन गर्नका लागि हलेसी महादेव मन्दिर व्यवस्थापन समिति पूर्वअध्यक्ष गजुरमान राईलाई जिम्मेवारी दिइएको छ।

    आगामी आर्थिक वर्ष २०७७/०७८ सालदेखि हलेसी महादेव परिसरभित्र मुन्दुमी धामी “नक्छो” रहने समेत नगर प्रमुख राईले बताएका छन्। नगर प्रमुख राईका अनुसार “संस्कृतिविद्सँग समन्वय गरेर तीन चुला प्रतिस्थापन गर्न गजुरमान राईलाई जिम्मेवारी दिएको छ। 

    किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले खोटाङ स्थित हलेसी गुफामा तीन चुला निर्माण गर्ने निर्णयको स्वागत गरेका छन्। तीन चुला राख्ने सन्दर्भमा यायोक्खासँग समन्वय गर्दा प्रभावकारी हुने थियो।

    यायोक्खा अध्यक्ष राईले सुझाव दिएका छन्। तीन चुला बनाउँदा फाइन आर्ट, तीन चुला राख्दा मुन्दुमविद्सँग परामर्श नगरी हुँदैन। मुन्दुमविद्ले तीन चुला कहाँ राख्ने?  कुन दिशा फर्काउने भनेर सुझाउँछन।

    मुन्दुमविद् नक्छोसंग विशेष समन्वय यायोक्खाले गर्दै आएको छ। मुन्दुमविद्ले सुझाए अनुसार तीन चुला प्रतिस्थापन गर्नु पर्ने हुन्छ। त्यसैले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउन नपर्ने अध्यक्ष राईको भनाइ रहेको छ।

    हलेसी अबचाहिँ हामीले भन्दै आएको त्रिधार्मिक स्थल बन्ने पक्कापक्की भएको छ। हलेसी महादेव विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले उत्साहित हुँदै भन्छन् हलेसीमा किरात राई समुदायलाई समेट्ने सन्दर्भमा समितिको ध्यानाकर्षण भइरहेको थियो।

    २०७५/०७६ सालको नगरसभाले हलेसीमा तीन चुला निर्माण गर्ने निर्णय गरेको थियो। यस विषयमा बुधबारको बैठकमा कार्यान्वय गर्नुको पछाडि मुन्दुम अध्येता भोगीराज चाम्लिङको महत्वपूर्ण सुझाव रहेको थियो । उनका अनुसार तीन चुला किरात राई समुदायको मुन्दुम अध्येता चाम्लिङका अनुसार तीन चुला ७ हजार वर्षदेखि प्रयोगमा आएका हो । 

    किरात राई समुदायले महत्वसाथ लिने पितृथलोको दार्शनिक पक्ष त्यत्तिकै अर्थपूर्ण मानिन्छ । मुन्दुमको स्रोतमात्रै होइन, उनीहरूले पुज्ने चुलामा धामीझाँक्रीले देहसंवाद गर्छन् । 

    त्यस्तो विशेष महत्व ठानिएको तीन चुला हलेसीमा प्रतिस्थापन गर्नका लागि हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, सिंगो नगरपालिका र त्रिधार्मिक स्थल हलेसीसँग सरोकार राख्ने संघसंस्थाप्रति विशेष आभार व्यक्त गरेका छन् । नगरको पहिलो नगरप्रमुख र त्रिधार्मिक स्थल हलेसीसँग सरोकार राख्ने संघसंस्थाले गरेको अर्थपूर्ण निर्णयले किरात राई यायोक्खाले समेत उक्त निर्णयको स्वागत गरेको छ। 

    बुधवारको बैठकमा हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान अध्यक्ष चइन्द्र राई, हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल, विकास समितिसम्बद्ध युवा नेता सर्वधन बस्नेत, हलेसी महादेवस्थान मन्दिर व्यवस्थापन समितिसम्बद्ध गजुरमान राई, हर्कराज राई, हेरालु पुजारी गोपाल गिरी, हलेसी बजार व्यवस्थापन समिति अध्यक्ष पवन परियार, हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राई, युवा नेता कमल गिरी र स्वयंसेवक पथप्रदर्शक राकेश परियारको सहभागिता रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...