News Portal

सीडीओलाई आन्दोलन नियन्त्रण गर्न गृहमन्त्रालयको निर्देशन

मातृका दाहाल
६४७ पटक
२०७७ जेठ २९, बिहिबार

काठमाडौँ – गृहमन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ।

लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए।

पछिल्लो ३ दिनयता राजधानीसहित मुलुकका प्रमुख सहरहरुमा सरकारविरोधी आन्दोलन भइरहेका छन्।

बिहीबारमात्रै कोभिड–१९ रोग नियन्त्रणमा सरकार असफल भएको भन्दै बालुवाटार घेराउ गर्न पुगेको ठूलो भीडलाई अश्रुग्यास र पानीका फोहोरा हानेर नियन्त्रणमा लिइएको थियो।

मंगलबार पनि प्रधानमन्त्री निवास घेराउ गर्न पुगेको स्वत:स्फूर्त भीडलाई खुर्सानीटार क्षेत्रमा पानीको फोहोरा हानेर तितरबितर पारिएको थियो।

गृहका सहप्रवक्ता अधिकारीले कानुन उल्लंघन गर्ने, जोखिम बढाउने र सामाजिक सञ्जालमार्फत मानिसलाई भड्काउन संगठित हुने गतिविधि कसैलाई पनि गर्न नदिने र यसका लागि प्रभावकारी कदम चाल्न प्रशासन र सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिइएको बताए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...