News Portal

बालुवाटारमा प्रदर्शन: प्रदर्शनकारी गिरफ्तार, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

हिमाली संचार संवाददाता
३८८ पटक
२०७७ जेठ २७, मंगलवार

काठमाण्डाै । सरकारले कोरोना भाइरसको महामारी रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । 

पीसीआर विधिमार्फत कोरोना भाइरसको परीक्षण गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो । आन्दोलनमा सामाजिक अभियन्ता, व्यापारीलगायत आरडीटीबाट नभइ पीसीआर विधिमार्फत परीक्षण गर्न माग गर्दै बालुवाटर पुगेका थिए । नेपालमा कोरोनाको उच्च जोखिम बढेसँगै सरकारले परीक्षणको दायरा बढाएको दाबी गरेको छ । तर यो पर्याप्त परीक्षण नभएको भन्दै आन्दोलन, सर्वत्र सरकारको आलोचना हुन थालेको छ। 

बालुवाटारमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले लकडाउनको उलंधन गरेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ। 

अहिले १ लाख ९ हजार ७१ जनाको मात्रै पिसीआर विधिमार्फत परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ । नेपालमा अहिलेसम्म ३ हजार ७ सय ६२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यस्तै, कोरोनाकाे कारण १४ जनाको ज्यान गएको छ । ४ सय ८८ जना उपचारपछि निको भएका छन् ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...