News Portal

सामुदायिक वनमा अन्तरिक बिवाद, उपभोक्ता मारमा !

विजय धिमाल
६३० पटक
२०७७ जेठ २६, सोमबार

उर्लाबारी – मोरङको कानेपोखरीस्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहमा आन्तरिक बिवादका कारण करिब एक करोडको बराबरको काठ कुहिने अवस्थामा छ।

लामो समयको बिवादका उपभोक्ताहरुले पाउनुपर्ने सुविधाहरु नपाइरहेको समूहका अध्यक्ष नवीन राईले पत्रकार सम्मेलनमा जानकारी गराएको हो। डिभिजन वन कार्यालय मोरङमा ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह क्षेत्र नम्बर ३ का संयोजक शेरवहादुर लिम्बुले उजुरी गरेपछि अनुसन्धान सुरु भएको छ।

उजुरीको पछि तीन वर्ष अघिदेखि उपभोक्तालाई काठ वितरण गर्न पाइरहेको छैन। २०७६ असोज १० गते भएको १९ औं साधारणसभाबाट निर्वाचित नयाँ समितिले जम्मागरी राखिएको काठ कुहिन लाग्दा उपभोक्तालाई वितरण गर्नकालागि प्रक्रिया मिलाउने क्रममा छ।

डिभिजन वन कार्यालय मोरङमा क्षेत्र नम्बर ३ का संयोजक लिम्बुले झण्डै २१ लाख रुपैयाँको ‘फर्जी बिल’ मिलाउन लागेको भन्दै गलत सूचनाको आधारमा उजुरी परेको हुदा मूल समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ। गत साधारणसभाबाट पुनः अध्यक्षमा चुनाव लडेरै निर्वाचित भएका हुन्।

ग्रामीण सुधारमा मूलको मातहतमा तीन वटा क्षेत्रीय समिति र ८ वटा वडा समिति रहेको छ। मूल समितिको १९ औं साधारणसभा दुई पटक साधारणसभा र तीन वटा क्षेत्रीय समितिको समेत चुनाव गराउनु परेको अध्यक्ष राईले बताए।

दुबै समितिको चुनाब भएको साधारण सभा, सभा अघि र पछि वनमा काम गर्ने मजदुरको रकम र वनको काम गर्दा समिति तथा उपभोक्ताहरुले खाएको खाना, नास्ताको झण्डै २१ लाख ऋण रहेको लेखा समिति संयोजक बिजयगोपाल गड्तौलाले जमनकारी दिए।

पुरानो समितिको सबै विल, भर्पाइ हेरेर सो रकम तिर्नुपर्ने दायित्वमा राखिएको संयोजक गड्तौलाले जानकारी दिए। उक्त हिसाबको फर्जी बिल भन्दै उजुरी परेपछि उपभोक्ताहरुले हाल काठ नपाउने उनले बताए।

डिभिजन वन कार्यालय मोरङको आदेशमा सब डिभिजन वन कार्यालय कानेपोखरीले पठाएको पत्रको जवाफ दिइ सकेको छ। पुरानो समितिले बुझाएको सम्पूर्ण हिसाबको बिल भर्पाइ हेरेर समितिले निर्णय गरिको सचिव शान्ता माझीले बताइन्।

समितिमा आएको कुन बिल वा भर्पाइमा शंका भएको हो हेरौं र त्यो बिल कहाँबाट आएको हो छलफल गरौं भन्दा ३ नम्बर क्षेत्रीय अध्यक्ष शेरबहादुर लिम्बुको उजुरीको कारण आम उपभोक्तालाई असर परेको छ।

विज्ञप्तिमा अध्यक्ष नवीन राई, सचिव शान्ता माझी, कोषाध्यक्ष देबेन्द्र थापा, लेखा समिति संयोजक बिजयगोपाल गड्तौला, १ नम्बर क्षेत्रीय समिति संयोजक केदार राई, २ को दीपक लिम्बु, ३ नम्बर क्षेत्रको सहसंयोजक जितबहादुर राईको हस्ताक्षर रहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...