News Portal

सामुदायिक वनमा अन्तरिक बिवाद, उपभोक्ता मारमा !

विजय धिमाल
५९३ पटक
२०७७ जेठ २६, सोमबार

उर्लाबारी – मोरङको कानेपोखरीस्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहमा आन्तरिक बिवादका कारण करिब एक करोडको बराबरको काठ कुहिने अवस्थामा छ।

लामो समयको बिवादका उपभोक्ताहरुले पाउनुपर्ने सुविधाहरु नपाइरहेको समूहका अध्यक्ष नवीन राईले पत्रकार सम्मेलनमा जानकारी गराएको हो। डिभिजन वन कार्यालय मोरङमा ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह क्षेत्र नम्बर ३ का संयोजक शेरवहादुर लिम्बुले उजुरी गरेपछि अनुसन्धान सुरु भएको छ।

उजुरीको पछि तीन वर्ष अघिदेखि उपभोक्तालाई काठ वितरण गर्न पाइरहेको छैन। २०७६ असोज १० गते भएको १९ औं साधारणसभाबाट निर्वाचित नयाँ समितिले जम्मागरी राखिएको काठ कुहिन लाग्दा उपभोक्तालाई वितरण गर्नकालागि प्रक्रिया मिलाउने क्रममा छ।

डिभिजन वन कार्यालय मोरङमा क्षेत्र नम्बर ३ का संयोजक लिम्बुले झण्डै २१ लाख रुपैयाँको ‘फर्जी बिल’ मिलाउन लागेको भन्दै गलत सूचनाको आधारमा उजुरी परेको हुदा मूल समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ। गत साधारणसभाबाट पुनः अध्यक्षमा चुनाव लडेरै निर्वाचित भएका हुन्।

ग्रामीण सुधारमा मूलको मातहतमा तीन वटा क्षेत्रीय समिति र ८ वटा वडा समिति रहेको छ। मूल समितिको १९ औं साधारणसभा दुई पटक साधारणसभा र तीन वटा क्षेत्रीय समितिको समेत चुनाव गराउनु परेको अध्यक्ष राईले बताए।

दुबै समितिको चुनाब भएको साधारण सभा, सभा अघि र पछि वनमा काम गर्ने मजदुरको रकम र वनको काम गर्दा समिति तथा उपभोक्ताहरुले खाएको खाना, नास्ताको झण्डै २१ लाख ऋण रहेको लेखा समिति संयोजक बिजयगोपाल गड्तौलाले जमनकारी दिए।

पुरानो समितिको सबै विल, भर्पाइ हेरेर सो रकम तिर्नुपर्ने दायित्वमा राखिएको संयोजक गड्तौलाले जानकारी दिए। उक्त हिसाबको फर्जी बिल भन्दै उजुरी परेपछि उपभोक्ताहरुले हाल काठ नपाउने उनले बताए।

डिभिजन वन कार्यालय मोरङको आदेशमा सब डिभिजन वन कार्यालय कानेपोखरीले पठाएको पत्रको जवाफ दिइ सकेको छ। पुरानो समितिले बुझाएको सम्पूर्ण हिसाबको बिल भर्पाइ हेरेर समितिले निर्णय गरिको सचिव शान्ता माझीले बताइन्।

समितिमा आएको कुन बिल वा भर्पाइमा शंका भएको हो हेरौं र त्यो बिल कहाँबाट आएको हो छलफल गरौं भन्दा ३ नम्बर क्षेत्रीय अध्यक्ष शेरबहादुर लिम्बुको उजुरीको कारण आम उपभोक्तालाई असर परेको छ।

विज्ञप्तिमा अध्यक्ष नवीन राई, सचिव शान्ता माझी, कोषाध्यक्ष देबेन्द्र थापा, लेखा समिति संयोजक बिजयगोपाल गड्तौला, १ नम्बर क्षेत्रीय समिति संयोजक केदार राई, २ को दीपक लिम्बु, ३ नम्बर क्षेत्रको सहसंयोजक जितबहादुर राईको हस्ताक्षर रहेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...