News Portal

दशवर्षे सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिएरै छाडिन्छः कानूनमन्त्री तुम्बाहाङ्फे

हिमाली संचार संवाददाता
५६० पटक
२०७७ जेठ २६, सोमबार

काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन बजेटको अभाव हुन नदिने बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७७-०७८ को बजेटमा कानून मन्त्रालयमा उठेका प्रश्नको जवाफ दिँदै उनले दशवर्षे सशस्त्र द्वन्द्वका समयकाका पीडितलाई न्याय दिने कामलाई टुङ्गोमा पुर्‍याएर छाडिने बताइन्।

शान्ति प्रक्रियाअन्तर्गत पीडितलाई न्याय तथा परिपूरणको काम बाँकी छ। सरकारले विसं २०७१ मा गठन गरेको निरुपण तथा मेलमिलाप अयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले छ वर्षसम्म पनि काम सम्पन्न गर्न नसकेपछि अहिले नयाँ पदाधिकारी आएका छन्। सो ऐन संशोधन भने हुन सकेको छैन।

मन्त्री तुम्बाहाङ्फेले मौलिक हकसँगै जोडिएका ३१ मध्ये १७ ऐन बनाउँदा बनाए पनि कार्यान्वयनका लागि १४ नियमावली बनाउनुपर्ने जानकारी दिइन्। उनका अनुसार जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय (पहिलो संशोधन), ऐन २०७५ र सार्वजनिक सुरक्षा (तेस्रो संशोधन), २०७५ नियमावली बनाउनुपर्ने जरुरी चाहिँ छैन।

उनले आवास र खाद्य अधिकारसम्बन्धी नियमावली बनाउन बाँकी रहेको र बन्दाबन्दीका कारण सरोकारवालासँग छलफल गर्न कठिनाइका कारण बन्न नसकेको जानकारी दिँदै अरु हकको नियमावली बनाइसकिएको जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...