News Portal

कामदार फिर्ता पठाउन स्पष्ट खाका माग

हिमाली संचार संवाददाता
६०४ पटक
२०७७ जेठ २५, आईतबार

काठमाडौँ – वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूले गन्तव्य देशबाट नागरिक पठाउन सरकारसँग स्पष्ट खाका पठाउन आग्रह गर्नुभएको छ। सरकारले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नागरिकलाई प्राथमिकताका आधारमा ल्याउन सुरु गरेको अवस्थामा आफूहरूले पनि तयारी गर्नुपर्ने भन्दै उक्त आग्रह गर्नुभएको हो।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा सरकारले चार्टर्ड उडानमार्फत ल्याउन सुरु गरेको छ।

राजदूतहरूले कहिलेदेखि र कति सङ्ख्यामा फर्काउनेबारे स्पष्ट आधार वा खाका कम्तीमा एक हप्ता अगाडि दूतावासलाई उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ।

श्रम, रोजगार पत्रकार समूहले आयोजना गरेको भर्चुअल छलफलमा सहभागी साउदी अबरका लागि नेपालका राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुत, मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डे र कतारका लागि नेपालका राजदूत नारद भारद्वाजले सरकारसँग यस्तो आग्रह गर्नुभएको हो।

कहिलेसम्म फर्काउने ? उडान खर्च कति लाग्ने ? कोभिड–१९ को परीक्षण कहाँ र कुन परीक्षण गर्नुपर्ने हो तत्काल स्पष्ट जानकारी उपलब्ध गराउन पनि उहाँहरूले माग गर्नुभयो।

राजदूत राजपुतले साउदी दूतावासमा हालसम्म १० हजार व्यक्तिले स्वदेश जानका लागि आवेदन दिइसकेको र अहिले पनि दैनिक एक÷डेढ सय व्यक्तिले निवेदन दिइरहेको जानकारी दिनुभयो।

राजदूत पाण्डेले चार्टर्ड उडान महँगो पर्ने हुनाले निश्चित समय तोकेर नियमित उडान खुलाउन सरकारसँग आग्रह गर्नुभयो। उहाँले धेरै कम्पनीले श्रमिकलाई घर फर्किने टिकट यसअघि नै दिइसकेको र टिकट फिर्ता गरेर रकम लिन सम्भव नहुने हुँदा नियमित उडाउन खुलेको खण्डमा धेरै सहज हुने बताउनुभयो।

राजदूत भारद्वाजले कतारमा कोरोना परीक्षण सरकारी अस्पतालको पनि ६/७  वटा प्रयोगशालाबाट मात्रै भएकाले त्यसको परीक्षण गर्न हाम्रो पहुँच नपुग्ने बताउनुभयो।

यसको परीक्षणको विषयमा कतार सरकारसँग हामीले गरेको आग्रहमा नेपाल जाने नागरिकको आरडीटी र पीसीआर परीक्षण सम्भव नभएको जवाफ पठाएको पनि उहाँले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...