News Portal

प्रहरी चौकी तोडफोड गर्ने वडाध्यक्षलाई यस्तो मुद्दा

हरि गौतम
६८७ पटक
२०७७ जेठ २३, शुक्रबार

रुकुम – प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ। स्थानीयलाई साथमा लिएर उनले प्रहरीमाथि कुटपिट र चौकीमै आक्रमण गरेका थिए।

मंगलबार साँझ करिब ८ बजे प्रहरीले खाना खाइरहेको अवस्थामा वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी पोष्टमा तोडफोड गरी क्षति पुर्‍याएको थियो। उनीसहित २० देखि २५ जनाको युवा समूहले ढुंगामुढा गर्दै प्रहरी पोष्ट तोडफोड गर्दा फर्निचर, चेकजाँचका लागि बनाइएको पोष्टमा क्षति पुगेको छ।

प्रहरीले वडाध्यक्षसहित राजन केसी, खिलराज गिरी र टेकबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ। प्रहरी चौकीमै आक्रमण गरे पनि प्रमुख जिल्ला अधिकारीको इजलासले हेर्ने अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा चलाइएपछि पीडित प्रहरी नै असन्तुष्ट रहेका एक प्रहरीले बताए।

वडाध्यक्ष केसीलाई प्रहरीले पक्रेको पहिलो पटक होइन। यसअघि पनि विभिन्‍न घटनामा उनी पक्राउ परेका थिए। गत पुस २८ गते वडाध्यक्ष केसीलाई प्रहरीले पक्रेको थियो।

उतिबेला ड्यूटीमा रहेका प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परे पनि माफी मागेपछि छाडिएको थियो। उतिबेला उनी एक रात हिरासतमा बसेका थिए।

‘मदिरा सेवन गरेर मुख छोड्दै हातपात गरिएपछि पक्राउ गरिएको थियो,’ जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले भने, ‘अहिले उनको व्यवहार झन् उत्तेजक देखिएपछि मुद्दा चलाएका हौं।’ उतिबेला जनप्रतिधि भन्दै माफी मगाएर छाडिएको उनले बताए।

नयाँ फौजदारी संहिताअनुसार अभद्र व्यवहारसम्बन्धी कसुर भनेको सार्वजनिक मुद्दा हो। कसूर पुष्टि भएमा १ वर्ष कैद सजाय वा १० हजार जरिवाना वा दुवै सजाय र क्षतिपूर्ति भराउने व्यवस्था छ।

तोडफोड गरिएको प्रहरी पोष्टमा सबै प्रहरी नयाँ पठाइएको छ। प्रहरीमा मनोवैज्ञानिक त्रास हुने भएपछि अस्थायी प्रहरी पोष्टको सबै जनशक्ति नयाँ पठाइएको डीएसपी केसीले बताए। यसअघि उक्त पोष्टमा खटिएकालाई उनीहरुले रोजेकै क्षेत्रमा पठाइएको छ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले अपराध गर्ने कसैलाई पछि छुट नहुने बताए। अपराध गरेको आरोप पुष्टि भएपछि कानून बमोजिम कारबाहीका लागि लचकता र व्यवहारिकता नहेरिने प्रजिअ पौड्यालको भनाइ छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...